आज एकैदिन तोलाको १४ हजार ६ सयले बढ्यो सुन
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १४ हजार ६ सयले बढेर तोलाको २ लाख ८८ हजार ५ सयमा कारोबार भइरहेको छ।
यसअघि मंगलबार सुन तोलाको २ लाख ७३ हजार ९ सयमा कारोबार भएको थियो। यस्तै,आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ४१५७ रुपैयाँले बढेर ४ हजार ९२० मा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदी तोलाको ४५०५ मा कारोबार भएको थियो।
