आज यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्युन चापिय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ।

हाल सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी तराईका भूभागमा मौसम मुख्यतया सफा रहेको छ। हाल बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै तथा कोशी प्रदेशको पहाडी र हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा/हिमपातको भइरहेको छ।

आज दिउँसो देशको हिमाली भूभागमा अधिकांश बादल, पहाडी भूभागमा साधारणतया बादल र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका धेरै स्थानहरूमा,बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी/असिना सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशको हिमाली भूभागमा अधिकांश बादल तथा कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका थोरै तथा तराई भूभागको एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीरअसिना सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।