सुनको मूल्य घट्यो,तोलामा कति ?
काठमाडौं। शुक्रबार सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८१ हजाररुपैयाँ तोकेको छ। अघिल्लो दिन २ लाख ८५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
समग्रमा विगत एक सातामा सुनको मूल्य १३ हजार ५ सय रुपैयाँ घटेको छ । गत शुक्रबार २ लाख ९४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
आज चाँदी पनि घटेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५० रुपैयाँ घटेको हो । हिजो प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६७० रुपैयाँमा झरेको छ। एक सातामा चाँदी २२५ रुपैयाँ घटेको छ । गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो।
