सरकारी गाडीमा कसको रजाइँ,प्रधानमन्त्री कार्यालयले माग्यो विवरण

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयमा भएका सवारी साधनको विवरण पठाउन निर्देशन दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत आनन्दराम श्रेष्ठले सबै मन्त्रालयलाई सवारी साधनहरूको विवरण उपलब्ध गराउन आग्रहसहित पत्र पठाएका हुन्।

‘ मन्त्रालय र अन्तर्गत विभाग/कार्यालयमा प्रयोगमा रहेको र मर्मत कार्य भइरहेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरूको विवरण दयार पारी यस कार्यालयमा मिति ०८३/०१/०३ कार्यालय समयभित्र प्राप्त हुने गरी पठाउने व्यवस्था मिलाउनुहुन सचिवस्तरीय निर्णयानुसार अनुरोध छ’ पत्रमा उल्लेख छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विवरण पठाउँदा सवारीको ब्रान्ड, सवारी साधन नम्बर, डिजेल/पेट्रोल/विद्युतीय खुलाउने, प्रयोगकर्ताको नाम, प्रयोगकर्ताको पद र सवारी साधनको अवस्था पनि खुलाउन भनिएको छ।