वीरेन्द्र क्याम्पस अंग्रेजी विभागको एल्मुनाई फ्याकल्टी एसेम्बली सम्पन्न

चितवन। वीरेन्द्र बहुमुखी क्याम्पस अंग्रेजी विभागद्वारा शैक्षिक सत्र २०६२ देखि २०८३ सम्म अध्ययन गरेका विद्यार्थीलाई सहभागितामा एल्मुनाई फ्याकल्टी एसेम्बली २०८३ सम्पन्न गरेको छ। प्रा.डा.कृष्ण प्रसाद पौडेलको संयोजकत्व एवं विभागीय प्रमुख डा.अंगद गुप्ताको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख प्रा.डा.प्रेमसागर भण्डारी रहेका थिए। कार्यक्रमको सहजीकरण मुक्तिनाथ कडेलले गरेका थिए।

कार्यक्रममा अङ्ग्रेजी विभागका फ्याकल्टी मेम्बर भानुभक्त कँडेलले स्वागत एवं सम्मान गर्दै उपस्थित सबैलाई धन्यवाद व्यक्त गरे। कार्यक्रममा पूर्व क्याम्पस प्रमुखहरू एल बीच छेत्री,प्रा डा गणेश प्रसाद खराल , प्रा दयाराम पौडेल , अंग्रेजी विभाग पूर्व प्रमुखहरु ईन्द्र प्रसाद सापकोटा, जगदीश चन्द्र घिमिरे लगायतको विशेष आतिथ्य रहेको थियो।

कार्यक्रममा पूर्व विद्धार्थीहरु लेखनाथ खनाल, ईश्वर कडेल,प्रेम कडेल,रूद्र प्रसाद अधिकारी लगायतले आफ्नो क्याम्पस जीवनको अनुभूति मन्तव्य व्यक्त गरे।

क्याम्पसका पूर्व क्याम्पस प्रमुख दयाराम पौडेल , गणेश प्रसाद खराल, सहायक क्याम्पस प्रमुख वेदनिधि अर्याल, अंग्रेजी विभागीय पूर्व प्रमुखहरू आई पी सापकोटा, जगदीश चन्द्र घिमिरे लगायतले क्याम्पसबाट अध्ययन गरेर विभिन्न संस्थामा कार्यरत विद्यार्थीलाई सम्मानसहित नववर्षको शुभकामना व्यक्त गरे।

कार्यक्रम संयोजक कृष्ण प्रसाद पौडेल र अंगद गुप्ताले अंग्रेजी विभागका गतिविधिलाई प्रकाश पारे। कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख प्रेमसागर भण्डारीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा निकै हर्षोल्लासरुपमा प्रेम कडेलले गजल वाचन गरे। विद्यार्थी रीवाज पोखरेलको गित गायनले सभाहल रोमान्टिक बनेको थियो। कार्यक्रममा विद्यार्थीले नृत्य प्रस्तुत गर्दा हलमा तालीको गडगडाहट निकै सुन्दर लाग्दथ्यो।