आज वैशाख १० गते बिहिबार,यस्तो छ तपाईको राशिफल

मेष- विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाट बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीमार्फत फाइदा लिन सकिनेछ। गोपनीयतामा विशेष ध्यान दिनुहोस्।

वृष- नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउने छन् । प्रशंसकहरू बढ्नेछन् र नाम, दाम तथा इनाम प्राप्त हुने समय छ । विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर मिल्नेछ । रमाइलो जमघटले आनन्द दिलाउनेछ । लामो यात्रा गर्ने अवसर पनि जुट्न सक्छ।

मिथुन- पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर मिल्नेछ । केही नोक्सानी भएपनि दीर्घकालीन फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुनेछ । व्यापारमा राम्रो लाभ हुनेछ। स्वास्थ्यमा सामान्य कमजोरी अनुभूति हुन सक्छ। केही बाध्यतापूर्ण काममा जुट्नुपर्ला । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन्।

कर्कट- तारिफ योग्य काम सम्पन्न हुनाले थप अवसर जुट्न सक्छ। अवसर पाएपनि काममा हात हाल्नु अघि राम्ररी विचार गर्नुहोस्। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । बुद्धिको प्रयोगले धेरैलाई आफ्नो पक्षमा पार्न सकिनेछ । भविष्यका लागि महत्वपूर्ण कामको आधार तयार गर्ने समय छ।

सिंह- रोकिएका काममा पुनः प्रयास गर्नुहोस् । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । नयाँ काम सुरु गर्ने अवसर प्राप्त हुन सक्छ। विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । अभिप्रेरित गर्ने व्यक्तिहरूले रचनात्मक कामतर्फ प्रेरित गर्न सक्छन् । ईर्ष्या गर्नेहरूबाट सावधान रहनुहोस्।

कन्या- दिगो आम्दानी हुने काम सुरु गर्ने अवसर छ । नजिकका साथी टाढिएपनि टाढाका साथी नजिकिन सक्छन् । नयाँ कामको प्रस्ताव आउनेछ भने पुराना कमजोरी सुधार गर्ने मौका पनि मिल्नेछ । राम्रो धन आर्जन हुने समय छ । लगनशीलताले गुमेको प्रतिष्ठा फर्काउन सक्छ ।

तुला- सामान्य आम्दानी भइरहेपनि आर्थिक अभावले सताउन सक्छ । छिमेकमा असमझदारी बढ्न सक्छ । बलजफ्ती गर्दा काम बिग्रन सक्छ। आशा नगरेको काम बन्नाले उत्साह बढ्नेछ। उपलब्धिको स्रोत पहिचान गर्न सकिनेछ । तर अरूका काममा समय खर्चनुपर्ला । योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउनुहोस्।

वृश्चिक- व्यापारमा ठूलो उपलब्धि हासिल गर्न नसकिएला । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोस्। शुभचिन्तकहरूको सुझाव बेवास्ता गर्दा दुःख पाइनेछ । अरूमा भर पर्दा धोका हुन सक्छ । गोपनीयतामा ध्यान दिनुहोस्।

धनु- सुन्दर पहिरनमा सजिएर बोलीको माध्यमबाट धेरैलाई प्रभावित पार्न सकिनेछ । मेहनत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुनेछ । खर्च लागेपनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर मिल्नेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्।

मकर- समुदायको हित संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। अवसरका लागि केही दौडधुप गर्नुपरेपनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन्। राम्रो धन तथा भौतिक वस्तु लाभ हुने समय छ। गरिएका कामको उचित मूल्यांकन हुनेछ । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ।

कुम्भ- आज नातेदारहरूसँग झैझगडा पर्न सक्ने सम्भावना छ, साथै आर्थिक समस्या पनि आउन सक्छ। सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोस्। वादविवादमा पर्ने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोस्। आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ। यद्यपि धन आर्जनका अवसर पनि प्राप्त हुन सक्छन्।

मीन- आफ्ना विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन् र मान सम्मान प्राप्त हुनेछ। तर गरिरहेको काममा केही समस्या आउन सक्छ। चुनौतीहरू पार गर्दै रोकिएका काम सम्पन्न गर्न सकिनेछ। फाइदा मात्र पछ्याउँदा साथीभाइ टाढिन सक्छन्। नसोचेको ठाउँबाट धन आर्जन हुने संकेत छ।