शेखर कोइरालाले बोलाए आफू पक्षीय नेताहरूको बैठक

काठमाडौं। नेपाली कांग्रेसका नेता डा । शेखर कोइराला आफ्नो समूहको छुट्टै बैठक बताएका छन् । कोइरालाले आफ्नो समूहको बागमती प्रदेशस्तरी भेला बोलाएका हुन्।

बैठकमा निवर्तमान केन्द्रीय सदस्य, बहालवाला केन्द्रीय सदस्य ९विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति०, सांसद र पूर्वसांसदहरु, जिल्ला सभापति, पूर्वजिल्ला सभापतिहरू, क्षेत्रीय सभापतिहरूलाई बोलाइएको छ।

बैठक बिहान ८ बजेदेखि बालुवाटारस्थित ओपेरा होटलमा बस्न लागेको हो। यसअघि बुधवार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि आफ्नो समूहको बैठक बोलाएर छलफल गरेका थिए।

विशेष महाधिवेशनपछि कांग्रेस एकतावद्ध हुन सकेको छैन। एक समूहले अर्को समूहलाई स्विकार्न नसक्दा पार्टीमा समानान्तर गतिविधि सञ्चालन भइरहेका छन्।