आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

काठमाडौं। आज ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ। विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७३ वर्ष पुगेको अवसरमा हरेक वर्ष मे २९ मा यो दिवस मनाउने गरिन्छ।

यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘हिमालयको भविष्यका लागि आवाजहरूलाई एकताबद्ध गर्दै’ भन्ने नाराका साथ यस वर्षको अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ।

नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिख अर्थात् आजकै दिन पहिलोपटक सगरमाथामा पाइला राखेका थिए। शेर्पा र हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेको स्मरण गर्दै सगरमाथा आरोहणको ७३औँ वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरेर सगरमाथा दिवस मनाइँदै छ।