सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार
काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
योसँगै सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ६०० रुपैयाँ पुगेको छ। यसअघि आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ थियो।
यसैगरी, सोमबार चाँदीको मूल्य पनि तोलामा ८० रुपैयाँले बढेर ४ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार २४० रुपैयाँमा कारोबार भएको थियो।
