आज असार ०७ गते आइतबार,यस्तो छ तपाईको राशिफल

मेष- मेष राशिका जातकका लागि आजको दिन व्यवसायिक दृष्टिले सकारात्मक देखिन्छ । कार्यक्षेत्रमा नयाँ उपलब्धि हासिल गर्ने सम्भावना बलियो छ भने आम्दानीमा पनि वृद्धि हुने संकेत छन् । तपाईंको बोली र व्यवहारमा आकर्षण बढ्नेछ, जसले व्यक्तिगत तथा सामाजिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुर्‍याउनेछ।

वृष- वृष राशिका व्यक्तिहरूका लागि आजको दिन ज्ञान, बुद्धि र रणनीतिक सोच प्रयोग गरेर अघि बढ्दा राम्रो नतिजा प्राप्त हुने देखिन्छ । आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण उपलब्धि हात लाग्ने सम्भावना छ । चुनौतीहरू आएपनि धैर्य र समझदारीले ठूला कार्यहरू सफलतापूर्वक सम्पन्न गर्न सकिनेछ ।

मिथुन- मिथुन राशिका लागि आजको दिन केही चुनौतीपूर्ण देखिन्छ । नयाँ स्थान वा क्षेत्रमा गरिएको लगानीले अपेक्षित लाभ नदिन सक्छ, त्यसैले सतर्कता आवश्यक छ । अनावश्यक खर्च बढ्ने सम्भावना रहेकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनुपर्छ । शारीरिक ऊर्जा कम हुन सक्छ र लामो दूरीको यात्रा फलदायी नहुने संकेत छन्।

कर्कट– कर्कट राशिका जातकका लागि आम्दानी वृद्धि हुने राम्रो संकेत देखिन्छ । रोकिएका वा अड्किएका रकम फिर्ता हुने सम्भावना बलियो छ । अध्ययन, व्यवसाय तथा करियरमा प्रगति हुने समय हो । पारिवारिक सहयोगले कठिन काम पनि सजिलै सम्पन्न गर्न सकिनेछ । आत्मविश्वासका साथ अघि बढेमा सकारात्मक परिणाम प्राप्त हुनेछ ।

सिंह- सिंह राशिका लागि आर्थिक पक्ष मजबुत बन्नेछ । प्रतिस्पर्धा वा कानुनी विषयमा सफलता हात लाग्ने सम्भावना छ । तर निर्णय लिँदा मनमा दुविधा उत्पन्न हुन सक्छ, त्यसैले हतार नगरी सोच विचार गरेर मात्र अघि बढ्नु उपयुक्त हुनेछ । ठूला निर्णयहरूमा धैर्य र संयम आवश्यक देखिन्छ ।

कन्या- कन्या राशिका लागि आज नयाँ व्यावसायिक योजना वा रचनात्मक काममा लगानी गर्ने राम्रो समय हो । आम्दानीमा उल्लेखनीय सुधार आउने सम्भावना छ । साथीभाइ तथा सहकर्मीहरूको सहयोगले कामहरू सहज रूपमा अघि बढ्नेछन् । दीर्घकालीन लाभलाई ध्यानमा राखेर काम गरेमा सफलता निश्चित जस्तै देखिन्छ।

तुला- आजको दिन केही चुनौतीपूर्ण हुन सक्छ । मेहनतको प्रतिफल अरूले लिन सक्ने परिस्थिति बन्न सक्छ, त्यसैले सतर्क रहनु आवश्यक छ । कामको चाप बढ्नेछ भने प्रेम सम्बन्धमा मतभेदको सम्भावना पनि देखिन्छ । विद्यार्थीहरूको ध्यान अध्ययनमा केन्द्रित गर्न कठिन हुन सक्छ, त्यसैले योजना बनाएर अघि बढ्नु राम्रो हुनेछ।

वृश्चिक- वृश्चिक राशिका लागि कृषि, पशुपालन तथा उत्पादनमुखी क्षेत्र लाभदायक बन्नेछ । अध्ययन तथा शैक्षिक क्षेत्रमा राम्रो प्रगति देखिन्छ । विरोधी पक्ष कमजोर हुने भएकाले आत्मविश्वास बढ्नेछ । सामाजिक तथा जनसेवामूलक कार्यहरूबाट सम्मान र प्रतिष्ठा दुवै प्राप्त हुने सम्भावना छ ।

धनु- धनु राशिका लागि विगतका प्रयासहरूको सकारात्मक परिणाम प्राप्त हुने समय हो । रमाइलो यात्रा वा घुमफिरको अवसर मिल्न सक्छ । सानो प्रयासले ठूलो सफलता दिलाउन सक्छ । समाजमा योगदान दिने कार्यबाट मान सम्मान प्राप्त हुने संकेत छन् । आजको दिन उत्साह र सकारात्मक ऊर्जा भरिएको रहनेछ।

मकर- मकर राशिका लागि आम्दानी वृद्धि हुने बलियो संकेत देखिन्छ । सवारी साधन प्राप्ति वा रमणीय स्थानको यात्रा सम्भव छ । धार्मिक, सांस्कृतिक वा सामाजिक कार्यमा सक्रियता बढ्नेछ । पारिवारिक वातावरण पनि सकारात्मक रहने भएकाले मन शान्त र सन्तुलित रहनेछ ।

कुम्भ- कुम्भ राशिका जातकले आज केही कठिन परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ । तर धैर्य र समझदारीका साथ अघि बढेमा अन्ततस् उपलब्धि हासिल गर्न सकिनेछ । दैनिक कार्यमा व्यस्तता बढ्नेछ । नयाँ योजना वा लगानीका लागि आजको समय अनुकूल नदेखिएकाले सतर्क रहनु उपयुक्त हुनेछ ।

मीन- मीन राशिका लागि आज नयाँ काम सुरु गर्न अनुकूल समय देखिन्छ । व्यापार तथा व्यवसायमा लाभदायक अवस्था रहनेछ । रचनात्मक तथा उत्पादनमुखी कामबाट राम्रो सफलता प्राप्त हुनेछ । पुराना रोकिएका कामहरू पुनस् सुरु हुने सम्भावना पनि बलियो छ । आत्मविश्वासका साथ अघि बढ्दा राम्रो परिणाम हात लाग्नेछ।