रास्वपा महाधिवेशन: सुरक्षाका लागि आफैँ खटिए आइजिपी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशन चितवनमा आजदेखि सुरु हुँदै छ। प्रधानमन्त्री, मन्त्री, सांसद लगायतका विशिष्ट व्यक्तिहरू सहभागी हुने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ।

सो क्षेत्रको सुरक्षा दिनका लागि नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्की आफैँ खटिएका छन्।

यसैबिच, महाधिवेशन स्थलदेखि हाकिमचोक,चौविसकोठी,मालपोतचोकसम्म सवारी आवागमनलाई समेत रोक लाइएको छ। महाधिवेशनलाई लक्षित गर्दै तीन वटा सुरक्षा निकायबिच समन्वयात्मक रूपमा तयार भएको सुरक्षा योजना कार्यान्वयन गरिने भएको छ।

जनपथ प्रहरी मात्रै एक हजारभन्दा बढी खटिने छन्। यहाँ बाहिरी जिल्लाबाट पनि प्रहरी ल्याइएको छ । रास्वपाको बन्द सत्र चितवन उद्योग सङ्घको सभा हलमा हुनेछ।