एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। उनलाई सम्पत्ति शुद्धीकरण विभागले सुर्खेतबाट पक्राउ गरेको हो ।
पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका थिए । उनलाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याउन लागिएको प्रहरी उच्च स्रोतले जनाएको छ ।
हाल उनी बसिरहेको ललितपुरको भैसेपाटीस्थित निवासमा पनि सम्पत्ति शुद्धीकरण विभागको टोलीले छापा मारेको छ।
