लोकतन्त्र सिध्याउन २३ र २४ भदौमा प्रतिगामी षडयन्त्र भयो: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई सिध्याउने गरी २३ र२४ भदौमा प्रतिगामी षडयन्त्र भएको बताएका छन्।

मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन् ।

अहिले नेपालको वामपन्थी आन्दोलनलाई मात्रै होइन लोकतन्त्रलाई नै टार्गेट गरेर त्यसलाई नै सिध्याउने गरी २३ र २४ भदौको प्रतिगामी षडयन्त्र भएकव उनको भनाइ छ।

वैधानिक सरकारलाई अवैध ढंगले विस्थापन गरिएको भन्दै ओलीले २३ र २४ भदौको आन्दोलन लोकतान्त्रिक हुनै नसक्ने बताए ।

सरकार बनाउने, अपदस्थ गर्ने, फेर्ने सबै कार्य संसद्‍ले गर्ने भन्दै अध्यक्ष ओलीले वैधानिक संसद बलजफती भंग गरिएको बताए ।

उनले भने, ‘अहिले नेपालको वामपन्थी आन्दोलनलाई मात्रै होइन लोकतन्त्रलाई टार्गेट गरेर त्यसलाई नै सिध्याउने गरी २३ र २४ भदौको प्रतिगामी षडयन्त्र भयो। त्यो षडयन्त्रले वैधानिक सरकारलाई अवैध ढंगले विस्थापन गर्‍यो । यो लोकतन्त्र हुनै सक्दैन।

लोकतान्त्रिक आन्दोलन हुनै सक्दैन। लोकतान्त्रिक सरकारलाई त्यसरी विस्थापित गर्न पाइँदैन । सरकार बनाउने, अपदस्थ गर्ने, फेर्ने सबै संसद्ले गर्ने हो । तर बलजफ्ती भंग गरियो । वैधानिक सरकार ढालेर अवैधानिक सरकार गठन गर्न पाइँदैन ।