विष्णु पौडेलको रिटमा सक्कल मिसिल झिकाउन सर्वोच्चको आदेश
काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा सर्वोच्च अदालतले विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएको छ।
न्यायाधीशद्वय विनोद शर्मा र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले विशेष अदालतमा सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको सक्कल मिसिल सर्वोच्च अदालतमा पेश गर्न आदेश दिएको हो।
