आज असार १७ गते बुधबार,यस्तो छ तपाईको राशिफल

मेष- घर परिवारमा सानातिना विषयमा मतभेद देखिए पनि अन्ततस् वातावरण तपाईंको पक्षमा रहनेछ । परीक्षा, अन्तर्वार्ता वा प्रतियोगिताको तयारी गरिरहनुभएको छ भने कडा मेहनतले सफलता दिलाउन सक्छ । कामप्रति उत्साह बढ्नेछ भने सामाजिक प्रतिष्ठा र व्यक्तित्वमा पनि सकारात्मक प्रभाव पर्नेछ । नयाँ अवसर प्राप्त भए त्यसको सदुपयोग गर्नु राम्रो हुनेछ ।

वृष- कार्य क्षेत्रमा उत्साहजनक वातावरण रहनेछ । धार्मिक वा सामाजिक सेवामा सानो सहयोग गर्नुभयो भने मनमा सन्तुष्टि मिल्नेछ । प्रेम सम्बन्ध थप प्रगाढ बन्ने संकेत छ । लामो समयदेखि मनमा रहेका योजना पूरा गर्ने अवसर मिल्न सक्छ । परीक्षा वा अन्तर्वार्ताको प्रयास सफल हुने सम्भावना छ ।

मिथुन- सहयोगको अपेक्षा गरेअनुसार साथ नपाउँदा केही काममा अवरोध आउन सक्छ । स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्छ, त्यसैले आराममा ध्यान दिनुहोस् । जीवन साथी वा परिवारसँग मतभेद बढ्न सक्ने भएकाले संयम अपनाउनु उचित हुनेछ । अनावश्यक यात्रा नगर्नु राम्रो हुन्छ । कसैको बहकाउमा नपरी आफ्नै निर्णयमा विश्वास गर्नुहोस् ।

कर्कट- व्यक्तित्व आकर्षक बन्नेछ र अरूको ध्यान सहजै तान्न सकिनेछ । सहकर्मीको सहयोगले काम सहज रूपमा सम्पन्न हुनेछ । आत्मकेन्द्रित व्यवहारले नजिकका व्यक्तिसँग दूरी बढ्न सक्छ, त्यसैले सम्बन्धमा संवेदनशील बन्नुहोस् । साँझतिर प्रेम र पारिवारिक सम्बन्धमा खुसीको वातावरण बन्ने सम्भावना छ ।

सिंह- मनोरञ्जन र पारिवारिक सुखको दिन रहनेछ । जीवनसाथी वा प्रेमीसँग सम्बन्ध अझ बलियो बन्ने संकेत छ । व्यापारिक छलफल वा नयाँ सम्झौताका लागि समय अनुकूल देखिन्छ । परिवारको सहयोग पाइए पनि साना विषयमा विवाद हुन सक्ने भएकाले धैर्यता अपनाउनु राम्रो हुनेछ।

कन्या- घर परिवार प्रति आकर्षण बढ्नेछ । केही काममा सहकर्मीको अभाव महसुस भएपनि परिवारबाट सहयोग प्राप्त हुनेछ । पुराना साथीभाइ वा आफन्तसँग भेटघाट हुन सक्छ । अध्ययन, अनुसन्धान, विज्ञान तथा प्रविधिसम्बन्धी क्षेत्रमा संलग्न व्यक्तिका लागि दिन उपलब्धिमूलक रहनेछ ।

तुला- कार्यस्थलमा वरिष्ठको सुझावलाई बेवास्ता नगर्नुहोस् । घर परिवार वा प्रेम सम्बन्धको तनावले काममा असर पार्न सक्छ । आत्मीयजनसँग कुराकानी हुने भएपनि भेटघाटको अवसर भने कम मिल्न सक्छ । नयाँ सीप सिक्ने वा ज्ञान बढाउने प्रयास सफल रहनेछ । भाइबहिनी वा सन्तानको कुरा सुन्ने समय निकाल्नु उचित हुनेछ।

वृश्चिक- साथीभाइ र आफन्तसँगको सहकार्य फलदायी रहनेछ । आर्थिक अवस्था सन्तोषजनक रहने संकेत छ । अरूको काममा सहयोग गर्नुपर्ने अवस्था आउन सक्छ, जसले व्यक्तिगत योजनामा केही असर पारेपनि आत्मसन्तुष्टि मिल्नेछ । धार्मिक वा आध्यात्मिक गतिविधिमा सहभागी हुँदा मानसिक शान्ति प्राप्त हुनेछ।

धनु- तपाईंको बोली र अभिव्यक्तिले अरूलाई प्रभावित पार्नेछ । नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ । आर्थिक लाभका साथै दीर्घकालीन लगानीका लागि समय राम्रो देखिन्छ । अतिरिक्त आम्दानीले मनका चाहना पूरा गर्न सहज हुनेछ । प्रतीक्षित परिणामले उत्साह थप बढाउनेछ ।

मकर- जीवनसाथी वा साझेदारसँग खुलेर कुरा गर्दा समस्याको समाधान भेटिन सक्छ । आर्थिक बचत गर्ने सोच बलियो भएपनि तत्काल ठूलो लाभ हुने संकेत भने छैन । उधारो वा ऋणसम्बन्धी विषयमा ध्यान दिनुपर्नेछ । स्वास्थ्य, औषधि, काठ तथा फर्निचर व्यवसायमा संलग्न व्यक्तिले राम्रो लाभ पाउन सक्नेछन् ।

कुम्भ- प्रेम र विश्वासका सम्बन्ध अझ मजबुत बन्ने समय छ । नयाँ सम्बन्ध सुरु हुने सम्भावना पनि देखिन्छ । आत्मविश्वास बढ्नेछ र आम्दानीका नयाँ स्रोतबारे सोच्ने अवसर मिल्नेछ । व्यापार, ढुवानी, यातायात तथा मार्केटिङ क्षेत्रका काममा सफलता मिल्नेछ, तर आफैं सक्रिय हुन आवश्यक छ ।

मीन- आफूभन्दा साना वा अनुभवहीन व्यक्तिलाई मार्गदर्शन गर्ने अवसर मिल्नेछ । मेहनतको उचित प्रतिफल प्राप्त हुने दिन हो । सिर्जनात्मक सोच र आत्मविश्वासका कारण कार्य क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्न सकिनेछ । प्रतिस्पर्धी सक्रिय भए पनि आफ्नो निरन्तर प्रयासले सफलता सुनिश्चित हुने देखिन्छ । अरूको अनावश्यक कुरामा अल्झिनुभन्दा आफ्नै लक्ष्यमा केन्द्रित हुनु लाभदायक हुनेछ ।