सुनचाँदीको मूल्य घट्यो,तोलामा कति ?
काठमाडौं। साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो।
कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ६ सय रुपैयाँले घटेर दुई लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ।
यता चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला ४२७० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ३७ हजार ७ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३६६१ रुपैयाँ कायम भएको छ।
