तुइनखोलाको पहिरो पन्छाएपछि खुल्यो मुग्लिन–नारायणगढ सडक

काठमाडौं। इच्छाकामना गाउँपालिका-५, तुइनखोलामा आज (बुधबार) बिहान सुक्खा पहिरो खस्दा ‍बन्द मुग्लिन-नारायणगढ सडक खुलेको छ।

सडक डिभिजन भरतपुरले आज बिहान ११:१५ बजे सूचना जारी गरी पहिरो पन्छाएर सडक खुलाइएको जानकारी दिएको हो।

आज बिहान करिब १०:४० बजे तुइनखोलामा सुक्खा पहिरो खस्दा दुवैतर्फ यातायात बन्द भएको थियो।

तर सडक डिभिजन भरतपुरले तत्काल हेभी मेसिन प्रयोग गरी पहिरो पन्छाएर १ घण्टाभन्दा कम समयमै सडक खुलाएको हो।