सरकारले ठुलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुन्छ: बाबुराम भट्टराई
काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारलाई सुशासन र समृद्धिमै एकलव्य भएर लाग्न सुझाव दिएका छन्।
संविधानको २४५ धारा संशोधन गर्न कार्यदलले दिएको सुझावलाई इङ्गित गर्दै उनले भनेका छन्– एकैचोटि धेरै चरा मार्न खोज्दा कुनै चरा पनि मर्दैन । ठुलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुन्छ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जेनजी विद्रोहको पृष्ठभूमिमा ठुलो जनअपेक्षा सहित सत्तासीन नयाँ सरकारले एकैचोटि धेरैतिर हात हाल्नु सट्टा यतिवेला देशको प्रमुख समस्या रहेको सुशासन र समृद्धिमै एकलव्य दृष्टि लगाउँदा राम्रो होला।
देशभित्रै वार्षिक ८ देखि १० लाखसम्म उत्पादनमूलक रोजगारी सिर्जना गर्न जे गर्नुपर्छ त्यही गर्दा राम्रो हुने सरकारलाई उनको सुझाव छ।
