आज साउन ०७ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

मेष-स्वास्थ्यमा सुधार आउने भएकाले काम गर्ने उत्साह बढ्नेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुने संकेत छ भने वैदेशिक लगानी वा विदेशसँग सम्बन्धित काममा सकारात्मक उपलब्धि मिल्न सक्छ । सामाजिक तथा परोपकारी कार्यमा सक्रिय हुँदा सम्मान प्राप्त हुनेछ । परिवारको साथ र सहयोगले आत्मविश्वास थप मजबुत बन्नेछ।

वृष- स्वास्थ्य सन्तुलित रहनेछ । मेहनतअनुसारको प्रतिफल प्राप्त हुने सम्भावना छ । घरजग्गा वा अन्य भौतिक सम्पत्तिसँग सम्बन्धित काम अघि बढ्न सक्छ । अध्ययन अध्यापनमा राम्रो प्रगति हुनेछ भने प्रेम सम्बन्धमा विश्वास र आत्मीयता बढ्ने देखिन्छ । परिवारमा खुसीको वातावरण रहनेछ ।

मिथुन- नयाँ स्थानको भ्रमण वा यात्राको अवसर मिल्न सक्छ । पुराना साथीभाइसँग भेटघाट हुँदा मन प्रसन्न रहनेछ । स्वास्थ्यमा सुधार आउने संकेत छन् । पारिवारिक विषयमा सानातिना मतभेद देखिन सक्ने भएकाले संयमित व्यवहार गर्नु उपयुक्त हुनेछ । आर्थिक योजनामा धैर्य अपनाउनु राम्रो हुन्छ ।

कर्कट– अरूको आरोप वा गलत बुझाइको सामना गर्नुपर्ने अवस्था आउन सक्छ । राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ भने बोल्दा र निर्णय गर्दा विशेष सावधानी अपनाउनुहोस् । नयाँ लगानी केही समयका लागि रोक्नु उपयुक्त हुनेछ । परिवारको साथले मनोबल बढ्नेछ भने प्रेम सम्बन्धमा सुधार आउनेछ ।

सिंह- लामो समयदेखि रोकिएका काम पूरा हुने सम्भावना छ । सामाजिक प्रतिष्ठा बढ्नेछ र नयाँ अवसर प्राप्त हुन सक्छ । निर्णय गर्दा हतार नगर्नु राम्रो हुनेछ । अध्ययन, राजनीति तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिका लागि दिन उपलब्धिमूलक रहने देखिन्छ । परिवारसँग समय बिताउने अवसर पनि मिल्नेछ ।

कन्या- व्यापार व्यवसायमा लाभ मिल्नेछ । अध्ययनमा राम्रो सफलता प्राप्त हुने सम्भावना छ । मन केही अस्थिर हुन सक्ने भएकाले सकारात्मक सोच कायम राख्नु आवश्यक हुनेछ । परिवारका सदस्यसँगको भेटघाट र संवादले सम्बन्ध अझ सुदृढ बन्नेछ । नयाँ योजना अघि बढाउन दिन अनुकूल छ ।

तुला- बोल्ने शैली र व्यवहारले धेरै काम बन्नेछ । समाजसेवा तथा परोपकारी कार्यमा सक्रिय हुने अवसर मिल्नेछ । विदेशसँग सम्बन्धित कामबाट लाभ मिल्ने संकेत छन् । स्वास्थ्यप्रति सजग रहनु राम्रो हुनेछ । परिवारको सल्लाह र सहयोगले महत्वपूर्ण निर्णय सफल बन्न सक्छ ।

वृश्चिक- मनमा केही अस्थिरता र काममा अवरोध देखिन सक्छ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी हुँदा मानसिक शान्ति प्राप्त हुनेछ । कठिन परिस्थितिमा परिवारको साथ महत्वपूर्ण रहनेछ । अनावश्यक विवादमा नपर्नु नै बुद्धिमानी हुनेछ ।

धनु –आजको दिन उपलब्धिमूलक रहनेछ । साथीभाइ तथा सहकर्मीको सहयोगले रोकिएका काम पूरा हुनेछन् । अध्ययनमा सफलता र स्वास्थ्यमा सुधार देखिनेछ। सामाजिक गतिविधिमा सक्रिय हुँदा नयाँ सम्बन्ध विस्तार हुने सम्भावना छ । पारिवारिक विषयमा भने संवेदनशील बन्नु आवश्यक हुनेछ ।

मकर- उठ्न बाँकी रकम प्राप्त हुन सक्छ । विगतको मेहनतको प्रतिफल मिल्ने समय छ । आर्थिक अवस्था मजबुत बन्दै जानेछ । मानसिक शान्ति कायम रहनेछ भने पुराना साथीभाइसँगको भेटघाटले मन खुसी बनाउनेछ । नयाँ कामको योजना बनाउन पनि दिन उपयुक्त छ ।

कुम्भ- बोल्दा संयम अपनाउनुहोस् । सानो विवादले ठूलो रूप लिन सक्ने भएकाले सावधानी आवश्यक छ । मानसिक तनाव कम गर्न ध्यान, योग वा धार्मिक गतिविधिमा समय दिनु राम्रो हुनेछ । कार्य क्षेत्रमा धैर्य र अनुशासन कायम राख्दा सकारात्मक परिणाम प्राप्त हुनेछ ।

मीन- खर्च नियन्त्रणमा रहनेछ र बचत गर्ने अवसर मिल्नेछ । राजनीति, प्रशासन वा नेतृत्वसँग सम्बन्धित क्षेत्रमा सक्रिय व्यक्तिका लागि नयाँ अवसर आउन सक्छ । शिक्षा, तालिम वा ज्ञानसँग सम्बन्धित कामबाट आम्दानी बढ्ने सम्भावना छ । भविष्यका योजनालाई व्यवस्थित रूपमा अघि बढाउन समय अनुकूल रहनेछ ।