सरकारी टोली र डाक्टर केसीका प्रतिनिधिबीच वार्ता शुरु
काठमाडौं। बिहीबारदेखि अनशनमा बसेका डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता टोलीले छलफल शुरु गरेको छ ।
केसीका प्रतिनिधि र सरकारी टोलीबीच सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेको कार्यकक्षमा छलफल थालिएको हो ।
वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जगदीशप्रसाद अग्रवाल, प्रतिनिधि सभा सदस्य पुकार बम, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणी पौडेल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा सहभागी छन्।
डाक्टर केसीका तर्फबाट उनका सहयोगी डाक्टर अमृत जैशी र पवन थापा वार्तामा सहभागी रहेका छ।
