सुनको मूल्यले बढ्यो, चाँदी भने घट्यो,तोलामा कति ?
काठमाडौं। नेपाली बजारमा आज (बिहीबार)सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन (बुधबार) सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँमा खरिदबिक्री भएको थियो।
