वैदेशिक रोजगारीमा जाँदा आजदेखि अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने

काठमाडौं। नेपाली कामदारले वैदेशिक रोजगारीमा जाँदा आजदेखि लागू हुने गरी अनिवार्य विस्तृत कार्य विवरण (जव डिस्क्रिप्सन) उल्लेख गर्नुपर्ने छ।

युवा श्रम तथा रोजगार मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले साउन १३ गते उक्त निर्णय गर्दै कामको प्रकृतिको विस्तृत विवरण आजदेखि लागू हुने गरी पेस गर्नुपर्ने भएको छ।

गन्तव्य मुलुक,सेवा–सर्त,पारिश्रमिक,अन्य सुविधाका सम्बन्धमा दुई पक्षबीच भएका सम्झौता आदि विषयको प्रमाणीकरणलाई थप प्रभावकारी बनाइएको छ।