सल्यानमा जिप दुर्घटना: दुई जना भेरी नदीमा बेपत्ता, दुई घाइते
काठमाडौं। सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्।
जिल्लाको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित सडकबाट चालकसहित चार जना सवार लु १ ज ३०२२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल भेरी नदीमा खसेको हो।
दुर्घटनामा वनगाड कुपिण्डे नगरपालिका–१ आपखोली बस्ने अन्दाजी २९ वर्षीय प्रेम विक र अन्दाजी २१ वर्षीय खुमलाल बुढाथोकी घाइते भएका छन्। उनीहरूको सल्ली सिटी अस्पताल, सल्लीबजार, सल्यानमा उपचार भइरहेको छ।
जिपमा सवार दुई जना भने बोलेरोसहित भेरी नदीमा बेपत्ता भएका छन्। बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
