नयाँको कमजोरीले पुरानाको पुनरोदय हुँदैन: योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, रवि लामिछाने र बालेन शाहको ओरालो यात्रा र अयोग्यतालाई पुराना नेताहरूले आफ्नो नेतृत्वको सान्दर्भिकता र पुनरोदयको आधार नबनाउन चेतावनी दिएका छन्।

भट्टराईले नयाँ शक्तिहरूको कमजोरीलाई आधार मानेर पुराना दलका नेताहरू आत्मरतिमा रमाउनु झनै ठूलो ‘महाभूल’ हुने बताएका छन्।

शुक्रवार फेसबुकमा पुराना दलका शीर्ष नेताहरूले पार्टीभित्र पुरानै भूमिकामा फर्कन गरिरहेको मेहनतलाई संकेत गर्दै नेता भट्टराईले नयाँ र पुराना दुवै राजनीतिक शक्तिहरूको आलोचना गरेका छन्।

भट्टराईले एमाले, नेपाली कांग्रेस र नेकपा जस्ता पुराना पार्टीको अकर्मण्यता र तिनका प्रमुख नेताहरूको अयोग्यतालाई भजाएर रास्वपाको जन्म भएको र रवि तथा बालेनलाई नेता बनाइएको टिप्पणी गरेका छन्।