मकवानपुरमा मुख्यन्याधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना

काठमाडौं। मकवानपुरको भीमफेदीमा उच्च अदालत जनकपुर अस्थायी अदालत वीरगन्जमा कार्यरत मुख्य न्यायाधीश गोकर्ण डाँगी र उनको परिवार सवार स्कोर्पियो दुर्घटनामा परेको छ।

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुराखेतमा स्कार्पियो दुर्घटनामा परेको हो। आज बिहान काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो भीमफेदी गाउँपालिका–६ स्थित जुराखेतमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

स्कार्पियोमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी र उनको परिवार सवार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए।

घाइतेहरूलाई उपचारको लागि हेटौँडा अस्पतालमा पठाइएको छ। तर त्यहाँ उपचार सम्भव नहुने भएपछि हेलिकोप्टरमा थप उपचारका लागि काठमाडौं पठाउन लागिएको प्रहरी उपरीक्षक श्यामबाबु खत्रीले जानकारी दिए।