अनलाइन व्यापार दर्ता गर्न सरकारको ताकेता
काठमाडौं। सरकारले अनलाइन माध्यमबाट व्यापार–व्यवसाय सञ्चालन गरिरहेका सबै व्यवसायीलाई अनिवार्यरूपमा दर्ता तथा सूचीकृत हुन ताकेता गरेको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, मोबाइल एप, सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्यरूपमा सूचीकृत हुन निर्देशन दिएको हो।
विद्युतीय व्यापार ऐन २०८१ तथा विद्युतीय व्यापार निर्देशिका २०८२ अनुसार आवश्यक कानूनी प्रक्रिया पूरा नगरी अनलाइन व्यापार सञ्चालन गरे कारबाही हुने विभागले चेतावनी दिएको छ।
अनलाइन कारोबारका क्रममा उपभोक्ता ठगी तथा गुनासो बढ्दै गएपछि सरकारले डिजिटल व्यापारमा निगरानी र नियमनलाई कडाइ गर्न थालेको छ।
