स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक बोलाए सीके राउतले

काठमाडौं,फागुन ३०।सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक बस्ने भएको छ ।

गत शुक्रबार मात्रै सरकारसँग ११ बुँदे राजनीतिक सहमति गरी मूलधारको राजनीतिमा फर्किएका राउतले यही चैत ४ र ५ गते गठबन्धनको राष्ट्रिय परिषद् बैठक बोलाएका हुन् । उनले विहीबार ट्विट गर्दै सो कुरा जनाएका हुन् । उनका अनुसार बैठक जनकपुरमा हुनेछ ।

 

सरकारसँग सहमति भएपछि पनि स्वतन्त्र मधेसको नारा उनका कार्यकर्ताले लगाएको भन्दै सर्वत्र आलोचना भइरहेकै बेलामा राउतले आफ्नो संगठनको बैठक डाकेका हुन् ।

 

राष्ट्रिय परिषद् बैठकमा सामेल हुने सबै पार्टी सदस्यलाई चैत ४ गते सोमबार बिहान ‍७ बजे भित्रै कार्यक्रम स्थलमा आउन सूचित गरिएको छ ।