युवा र वैदेशिक रोजगारी

नेकपा नेता – तारादत्त भट्ट

युवा बर्ग भन्नाले काम गर्न सक्ने उमेर समुह ब्यक्तिलाइ जनाउँछ, नेपालको सन्दर्भमा भन्नू पर्दा १५बर्ष भन्दा माथी ५९ बर्ष सम्मको उमेर समुहका मानिसहरु युवा अन्तर्गत पर्दछन युवाहरु गतिशील हुन्छन् र पहाड फोरेर हिरा निकाल्ने तथा समुन्द्रको गहिराईमा पुगेर मोति टिप् ने काम सम्म सजिलै गर्न सक्छन् ! युवाहरुमा नेपोलियनको जस्तो साहस हुन्छ ।

 

बुद्धको जस्तो त्याग हुन्छ भने हिटलरको झै क्रुरता पनि हुन्छ, त्यसैले देश बिदेश दुबै ठाँउमा युवाहरु आवस्यक हुन्छन र कुनै पनि ब्यक्ति आफ्नो मुलुकको सिमाना बाहिर काम गर्नुलाई वैदेशिक रोजगारी भनिन्छ !

 

नेपालमा बढदै गएको शिक्षा र चेतनाले गर्दा युवाहरु काम गर्न उत्साहित छन तर हरेक क्षेत्रमा आफ्नो मान्छे राख्ने प्रथाका कारण युवाहरु हतोत्साहित हुन बाध्य छन नेपाल र नेपालिको माया चटक्क मारेर बिदेशीनु बाध्य भएका छन भने नेपालमा कुल वैदेशिक रोजगारी ३३% रहेको अनुमान गरिएको छ ।

 

जसबाट उनिहरुको घरायसी अवस्था सुध्रिनका साथै बिप्रेषण रकम बापत राजस्व समेत प्राप्त हुन्छ बिदेशीएका युवाहरूमा नयाँ सिप र जागरको बिकास भइ स्वदेशमै खर्च गर्न तयार हुन्छन् जे कमाएका छन त्यसबाट आन्तरिक पुजी निर्माणमा सहज बन्न पुगेको छ ।

 

 बिदेशीएका कारण मुलुकले उक्त ज्ञान दिनु पर्ने आवश्यक रहदैन वैदेशिक रोजगारीका कारण बढ्दै गइरहेको स्वदेशमा काम गर्ने जनशक्तिको अभाव हुनुका साथै बिदेशमा गएर उनिहरु ठगिने, लुटिने तथा ज्यानै समेत जोखिममा पर्ने समस्या एकातिर छ ।

 

घरजग्गा धितो राखी बिदेश जानेहरूको परिवारको बिचल्ली अर्को तिर छ जसबाट मुलुकको बिकाशमा प्रतिकुल प्रभाव परिरहेको छ र युवाहरूको अमुल्य जीवन खेर गइरहेको छ।

 

त्यसैले सकेसम्म सानो काम र सानो कमाईमै सन्तुष्ट रहने मनस्थितिको बिकास गर्नका साथै जन सहभागीता मुलक विकासमा जोड दिनु पर्छ जीवन निर्वाहको लागि कृषिको विकल्प खोज्नु पर्ने आवश्यकता देखिएको छ प्रमाणपत्र दिने शिक्षा भन्दा व्यावसायिक शिक्षा र सिपमुलक तालीम दिइनु पर्ने आवश्यकता भएको छ साथै श्रमलाइ सम्मान गर्ने बानिको बिकाश गर्नु जरुरी छ यसलाई ज्ञानबिज्ञानका साथै मनोबिज्ञानमा पनि परिवर्तन ल्याउनु जरुरी छ ।

 

वैदेशिक रोजगारीमा रहेका समस्या र चुनौतीलाई समाधान गर्न सकिएमा र बिप्रेषण रकमलाई उत्पादनशिल कार्यमा लगानी गरि दिगो र फराकिलो आर्थिक वृद्धि गर्न सकेको खण्डमा वैदेशिक रोजगारी नेपाली युवाहरूका लागि बरदान साबित हुन सक्छ ।