ललितपुर इष्टुले गर्यो नगर भेला

विष्णु विकिरण

संस्थागत विद्यालय युनियन(इष्टु)ले ललितपुरमा नगर भेला गरेको छ।महालक्ष्मी नगरमा भिम केसी अध्यक्ष,कविता कट्टेल उपाध्यक्ष,रोसन महर्जन सचिव,दिपक गौतम सहसचिव र सरस्वती जोशी कोषाध्यक्षमा निर्वाचित भएका छन् भने बाबुलाल लामा र राजु खड्का कमिटि सदस्य चुनिएका छन्।

 

त्यसैगरी ललितपुर महानगर अध्यक्षमा बासु वाग्ले,उपाध्यक्षद्वय­ सफला थापा र मोहन सुब्बा,सचिवमा अनिल भुसाल,कोषाध्यक्षमा दिपा खडका निर्बाचित भएका छन्।कमिटि सदस्यहरुमा सुरेन्द्र बाबु सेढाइँ,पुजा भन्डारी,दिनेश श्रेष्ठ र अनिता श्रेष्ठ चुनिएका छन्।

 

त्यस्तै गोदावरी नगरको भेला भने चाँडै गरिने ललितपुर इष्टुका जिल्ला उपाध्यक्ष विष्णु आलेले भेलामा प्रतिवद्धता जाहेर गराए। उक्त भेलामा प्रमुख अतिथि इष्टुका केन्द्रीय अध्यक्ष होम कुमार थापा,उपाध्यक्ष अमल राई,नारायण पौडेल,अन्जु गौतम,देवीदत्त पौडेल,केन्द्रीय महासचिव भोला चालिसे,केन्द्रीय उप महासचिव भवानी पराजुली, केन्द्रीय सचिव सुधिर झा,राम राई उपस्थित थिए।

 

केन्द्रीय सदस्य राम थुलुड्·,श्याम केसी,हरिकृष्ण ढकाल लगायत काठमाडौ,भक्तपुर,काभ्रे जिल्लाका अध्यक्षहरु उपस्थित भेलामा करीब २सय बढी स्कुलका शिक्षक शिक्षिकाको प्रतिनिधिमुलक उपस्थित रहेको थियो।

 

ललितपुर सातदोबाटो स्थित महेन्द्र आदर्श क्याम्पसमा शनिबार इष्टु ललितपुर जिल्ला अध्यक्ष सुरेन्द्र मिश्रको अध्यक्षतामा भएको भेलाको कार्यक्रम संचालन जनार्दन बरालले गरेका थिए।