बाजुराबाट विप्लव’नेकपाका फेरि एक नेता पक्राउ

बाजुरा, असार २४ । प्रहरीले बाजुराको जगन्नाथ गाउँपालिकाको जुड्डीबाट ‘विप्लव’नेकपाका फेरि एक कार्यक्रता पक्राउ गरको छ ।

मंगलबार प्रहरी नायक निरिक्षक शेरबहादुर कुँवरसहितको प्रहरीको एल एलआरपी टोलीले जगन्नाथ गाउँपालिका–२ जुड्डिबाट ‘विप्लव’ नेकपाको गतिविधि बारे प्रचार–प्रसार गर्दै हिँडिरहेको अवस्थामा कालिकोट जिल्लाका विप्लव नेकपाका जिल्ला कमिटी सदस्य अनुरुप सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

 

पक्राउ परेका विप्लव नेकपाका लिकोट जिल्ला कमिटी सदस्य सुनारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाजुरामा झिकाइएको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख एंव प्रहरी निरिक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिए ।

 

सोमबार बिहान मात्रै प्रहरीको टोलिले हिमाली गाउँपालिकाको धुलाचौरबाट विप्लव नेकपाका मुगु जिल्ला कमिटी सदस्य खत्याड गाउँपालिका ८ का बाँचे दमाई र नन्दविर ढोलीलाई पक्राउ लुकिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

 

पछिल्लो समयमा विप्लव नेकपाको गतिविधि बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय बाजुराले कर्णाली प्रदेशको सिमानामा रहेका बाजुराको हिमाली, जगन्नाथ र स्वामीकार्तिक गाउँपालिकामा प्रहरीको सक्रियता उल्लेख्य मात्रामा बढाउँदै आएको छ ।