तपाइलाइ अचम्म लाग्न सक्छ, काठमाडौँ भरी पुरुष बेश्या छाए, महिलाले लगाऊछन् खेताला

काठमाडौं,। एक महिलासँग हप्तामा १० हजार लिएर दुई दिनसम्म सेक्सको सेवा दिने काठमाडौंका एक युवाका १२ ग्राहक छन् । उनी, जिगोलो हुन् । अर्थात्, पुरुष बेश्या । तर हाइप्रोफाइल महिलालाई मात्र सेवा दिने उनी तारे होटलमा रात बिताउँछन्, अन्य समय मल र ठूला पबमा समय बिताउने गर्छन् । भन्छन्,‘विश्वबजारको जस्तो यो पनि एउटा पेशा बन्न थालेको छ ।’जिगोलो बन्ने उनको चाहना थिएन।

 

तर सुगठीत भएर फिल्ममा अभिनय गर्ने रहरले काठमाडौं उतारेको थियो । पछि डान्सबारमा बाउन्सको काम पनि गरे । क्लवमा काम गर्न थालेपछि उनले हाइप्रोफाइल परिवारका युवतीलाई सेवा दिन थाले । ‘चार बर्ष भयो यो पेशामा लागेको’, उनी भन्छन्,‘अहिले त कतिपय मेरा साथी पनि यहि पेशामा छन् । हामी ग्रुपमा पनि छौं, सल्लाहअनुसार नै ग्राहकलाई सेवा दिन्छौं ।’व्यापारी घराना, धनाड्य परिवारका महिलाहरूलाई प्राय सेवा दिने गरेको जिगोलो पेशा काठमाडौंमा सुस्त सुस्त बढ्न थालेको छ ।

 

यसले बजारको रूप त पाएको छैन तर पेशाको आकार लिन थालिसकेको छ । जिगोलो सञ्जाल अहिले धरान, पोखरा, बुटबललगायतका ठाउँमा पनि छरिइसकेको ति युवकले बताए । झन्डै ३५ बर्षका देखिने उनी थप्छन्,‘ग्राहकको सेवा नै हाम्रो सन्तुष्टी हो ।’पहिला साधारण हिसाबले यस्तो काम थालेका उनले जिगोलोको पेशाबारे विश्वबजारको अध्ययन पनि गरेका छन् ।

 

इन्टरनेटमार्फत अध्ययन गरेका उनी कतिपयलाई मोबाइल सम्पर्क र ह्वाट्स एपमार्फत पनि सेवा दिनका लागि तयार हुन्छन् । धेरै ग्राहक भए ग्रुपमा साथीहरूसँग कुरा गर्छन् । ‘त्यति धेरै ग्राहक पाउने सम्भावना कम हुन्छ, नियमित बाहेकका उनका साथीहरू थपिँदै जाँदा ग्राहक बढ्ने हुन् ।’

भाइबर र ह्वाट्स एप ग्रुपबाट सम्पर्क

भाइबर र ह्वाट्स एप ग्रुपमार्फत ग्राहक र सेवा दिने युवकबीच सम्पर्क हुने गरेका छन् । यस्तो जानकारी ग्रुपमा भएकालाई मात्र थाहा हुन्छ । जिगोलोले प्रायः ५ तारे होटल तथा राम्रा गेस्ट रुममा सेवा दिने गरेका छन् । घरमा भने जाने गरेका छैनन् ।कतिपय ग्राहक उच्च घरानाका हुन्छन् । विदेशमा लामो समय काम गरेका महिलाहरू पनि सम्पर्कमा आउने गर्छन्’, ति युवक खुल्छन्,‘केही व्यापारीक, बैंकिङ क्षेत्र र वैदेशिक रोजगार व्यावसायीक क्षेत्रमा आवद्ध भएका पनि छन्।नेपालका विभिन्न सहरमा महिला यौन व्यावसायी धेरैको संख्या भए पनि जिगोलोको संख्या न्यून छ । प्रहरीले पनि यस्तो पेशाका विषयमा त्यति हेक्का राखेको छैन ।

 

तर, सुसुप्त ढंगले यो पेशाको विस्तार हुन थालेको केही अध्ययनहरूले देखाउँछ नयाँ दिल्लीमा छ व्यावसायीक बजार भारतको राजधानी नयाँ दिल्लीमा त जिगोलो मार्केट नै छ । कलेज पढिरहेका राम्रो सुगठन भएका युवा राती १० बजेदेखि विहान ४ बजेसम्म सेवा दिनका लागि सक्रिय हुन्छन् । त्यो बजारमा उनीहरूको ड्रेसकोड पनि हुने गरेको भारतीय एजेन्सीहरूले उल्लेख गरेका छन् नयाँ दिल्लीका विभिन्न बजारमा रहेका जिगोलोले सेता सर्ट र कालो पाइन्ट लगाउने गर्छन् ।

 

उनीहरू कफी हाउस, पब, लन्जलगायतका ठाउँमा छरिएर बसेका हुन्छन् । सामान्य युवाको एक रातको मुल्य १८ सय भारुदेखि ३ हजारसम्म हुने गरेको छ । सिक्स प्याकलगायत सुगठीत शरीर रहेका युवाको बोली भने १५ हजार भारुसम्म लाग्ने गर्छ ।रिपोर्टहरूका अनुसार भारतमा त जिगोलो ट्रेनिङ समेत हुने गरेको छ ।

 

 

यस्तो तालिममा सेक्समात्र होइन, सम्बन्धित ग्राहकलाई माया गर्ने, सम्मान दिने र मित्रता गाँस्न सक्ने क्षमताबारे पनि सिकाउने गरिन्छ । सन् १९९२ देखि भारतमा जिगोलोको बजार खुला रूपमा नै हुने गरेको रिपोर्टहरूमा उल्लेख छ । विश्वविद्यालय, कलेजमा अध्ययन गर्ने, खर्च धान्न कठिन भएका युवाहरू यस्ता बजारमा भेटिने गरेको उल्लेख छ ।