दिउँसो सुत्ने बानी राम्रो कि नराम्रो ? अत्यन्तै महत्वपूर्ण कुरा जानीराख्नुहोस

अचेल मानिसहरुको व्यस्त जीवनशैलीले सुत्ने सम्मको फुर्सद हुँदैन । दामका पछि दौडिँदा सुत्ने काम बिर्सिन्छन् मान्छेहरु । यसले तत्काल समस्या नदेखिए पनि कालान्तरमा ठूलो समस्या निम्तिन्छ । चिकित्सकहरु समयमै र राति नै सुत्न सुझाउँछन् ।

 

राति निद्रा नपरेपछि मानिसहरु फुर्सद मिल्यो कि के रात के दिन भन्दै सुतिहाल्छन् । तर दिउँसो सुत्ने बानी निकै नराम्रो हो । यसले स्वास्थ्यमा ठूलो समस्या निम्त्याउँछ । दिउँसो सुत्ने बानीले बिएमआई (बडी मास इन्डेक्स) ३७ भन्दा धेरै हुँदा लिभर क्यान्सरको खतरा २५ प्रतिशतभन्दा बढी हुन जान्छ । दिउँसोको समयमा एक घन्टाभन्दा बढी सुत्दा टाइप टु डायबिटिजको खतरा ८५ प्रतिशतभन्दा बढी हुन सक्छ ।

 

युनिभर्सिटी अफ टोक्योका अनुसन्धानकर्ताले हालसालै ३ लाख व्यक्तिमा गरेको अध्ययनले दिउँसो एक घन्टाभन्दा बढी सुत्दा धेरै नोक्सान हुने चेतावनी दिएको छ । त्यस्तै मुटुसम्बन्धी रोग, ब्रेन स्ट्रोक र डायबिटिजको खतरा बढ्छ । दिनभरि सुत्दा रातमा निद्रा लाग्दैन ।

 

रातमा निद्रा पूरा नहुँदा भोक धेरै लाग्छ र यसले ब्लडसुगरको स्तर असामान्य गराइदिन्छ । डायबिटिज वा मोटोपनका कारण लिभर क्यान्सरको खतरा रहन्छ । डायबिटिज टाइप टु रोगीको अत्यधिक तौल लिभर क्यान्सरका कारण बन्न सक्छ ।

दिउँसो सुत्ने बानीले रक्तचाप नियन्त्रण  

कामको थकाईले दिउँसो निन्द्रा लाग्नु स्वभाविक ने हो। दिउँसोको १ देखि ३ बजेको बिचमा निन्द्रा लागेर सुत्ने बानी धेरैमा हुन्छ। यस्तो बानी हुनेहरुलाई कसैले बढि मेहनती भनेर प्रशंसा गर्छन् भने कसैले अल्छि भनेर हेला पनि गर्छन्। तर त्यो मानिस मेहनती वा अल्छि, जेजस्तो भएपनि स्वास्थ्यमा भने यो बानीले फाईदा गर्ने भेटिएको छ।

 

विश्वको कतिपय देशहरुमा दिउँसो निदाउने बानीलाई सामान्य मानिन्छ। कुनै देशहरुमा यो प्राचिन समयदेखि चलिआएको परम्पराको रुपमा पनि लिईन्छ। यस्तो चलनलाई ‘सिएस्ता’ भनिन्छ। यस शब्दको अर्थ दिउँसोको खाजा पछि थकान मेटाउनको लागि केहि समय निदाउनु हो। विशेषगरी उच्च तापमान अथवा मरभूमि भएको देशहरुमा यस्तो देखिन्छ। यी देशहरुमा दिउँसोको बेला, जब तापमान सबैभन्दा बढि हुन्छ, तब घामबाट बच्नको लागि मानिस छहारीमा सुत्ने गर्दछन्।

 

ग्रिसमा भएको एक नयाँ अनुसन्धानको अनुसार दिउँसो सुत्ने बानीले उच्च रक्तचाप भएको मानिसहरुलाई फाईदा देखिएको छ। हृदय रोग विशेषज्ञ ‘मानोलिस कालिस्ट्राटोस’ले गरेको यस अनुसन्धानमा करिब ३८६ मानिस( २ सय पुरुष र १८६ महिला)ले भाग लिएका थिए। यिनीहरुको उमेर औसत ६१ वर्षको थियो। यस अनुसन्धानबाट दिउँसो निदाउने बानी हुनेको रक्तचाप, ननिदाउने भन्दा तुलनात्मक रुपमा, नियन्त्रणमा रहेको देखिएको थियो। अझ छोटो भन्दा लामो समयसम्म निदाउनेहरुको रक्तचापमा बढि नियन्त्रण भएको पनि देखिएको छ।

 

रक्तचापको एकाई एमएमएचजि हो र चापको एकाई पास्कल हो। एचजि भन्नाले पारो वा मर्क्युरी बुझिन्छ। १ मि।मी मर्क्युरी बढ्नु को मतलब १३३।३२२ पास्कल चाप बढ्नु हो। स्वस्थ मानिसको शरीरमा न्युन रक्तचाप ६०-८० एमएमएचजि र उच्च रक्तचाप ९०-१२० एमएमएचजि हुन्छ। बृद्ध उमेरमा अत्याधिक मानिसको रक्तचाप बढ्ने गर्दछ र यसलाई नियन्त्रणमा राख्न औषधी र व्यायामको आवश्यक्ता पर्दछ। दिउँसो निदाउनेहरुको रक्तचापमा नियन्त्रण हुनको साथै यस बानीले मानसिक तनावबाट मुक्त हुन पनि मद्दत गर्दछ।

 

वयस्क उमेर पुगेपछि मानिस धेरैजसो काममा व्यस्त हुन्छ। अधिकांश कम्पनीहरुको कार्य अवधी बिहान ९ देखि बेलुका ५ सम्म हुन्छ जसले गर्दा कर्मचारीले दिउँसो निदाउन फुर्सद पाउदैनन्। तर खाजाको समयमा एकछिन निदाउन सकिन्छ। अनुसन्धानको निश्कर्ष अनुसार यदि कसैलाई उच्च रक्तचाप छ भने आफ्नो खाजाको समयमा १०-१५ मिनेट छोटो समयको लागि निदाउँदा स्वास्थ्यको लागि राम्रो अनि उपयुक्त हुनेछ।

 कसरी सुत्दा शरिरलाई सहज हुन्छ

मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा निन्द्राको ठूलो भूमीका रहेको हुन्छ। साथै, सुत्ने समय र सुत्ने तरिकाले पनि तपाईँको स्वास्थ्यमा उत्तिकै भूमीका खेलिरहेको हुन्छ। सुत्ने तरिकाले तपाईँकै स्वास्थ्यमा प्रभाव पारिरहेको हुन्छ, साथसाथै तपाईँको छालालाई स्वस्थ बनाउन र पाचन प्रक्रियालाई सहज बनाउनको लागि आफ्नो सुत्ने तरिकालाई सुधार्नु जरुरी हुन्छ।

कुन साइड फर्केर सुत्ने भन्ने कुराले धेरै प्रभाव पर्दछ

सुत्ने धेरै तरिकाहरू छन्- ढाड तर्फबाट, छाती तर्फबाट, दायाँ फर्केर र बायाँ फर्केर-र यो सबैले तपाईँको स्वास्थ्यमा असर गर्दछ। माथि फर्केर अथवा ढाड तल पारेर सुत्नु विशेष गरी दम भएकाहरूको लागि खतरनाक हुन्छ, किनकी यसरी सुत्दा तपाईँको स्वासप्रश्वासमा बाधा पुर्याउँदछ। तथापि उत्तानो परेर सुत्नु सबैभन्दा उत्तम मानिन्छ।

 

दाहिने फर्केर सुत्नाले तपाईँको पाचन प्रक्रियालाई बिगार्दछ, ग्यास्ट्रिक बढ्छ भने देब्रे फर्केर सुत्नाले भित्रीअंग कलेजो, पेट, फोक्सोमा दबाब पुग्छ तर पाचन प्रक्रिया भने सुधर्छ। गर्भवति महिलालाई रक्तस्राव कम होस भनि देब्रे फर्केर सुत्न सल्लाह दिने गरिन्छ।

देब्रे फर्केर सुत्नुका फाइदा

देब्रे फर्केर सुत्दा स्वास्थ्य स्थितीमा सुधार हुने र मानिसको जीवन पनि बच्न सक्ने चिकित्सकहरूको धारणा रहेको छ। हलिस्टिक चिकित्साविधीमा, शरीरको देब्रे भागलाई लसीकाको प्रवल पक्ष मानिन्छ, र देब्रे तर्फ फर्केर सुतेको बेला तपाईँको शरीरले विषादी, लसीका तरल पदार्थ र फोहोरहरूलाई फिल्टर गर्न बढी समय पाउँदछ। थोरासिक डक्ट र लसीका नोडको सहायताले यो फिल्टर कार्य भैरहेको हुन्छ।

 

तर, दाहिने फर्केर सुत्नाले तपाईँको लसीका प्रणालीले ढिलो काम गर्दछ, र यस्तो हुनु खतरनाक मानिन्छ। किनभने, यसरी ढिलो काम गर्ने लसीका प्रणालीले तपाईँको शरीरमा भएका विषादीहरूलाई फिल्टर गर्न सक्दैन र लसीका तरल पदार्थलाई शरीरभरी फैलाउन असमर्थ हुन्छ। यसरी शरीरमा विषादी जम्मा हुँदै गएपछि खतरनाक समस्याहरू आउन सक्छन्।

 

विहान उठ्दा आलस्य हुने, पेट दुखेजस्तो हुने, नराम्रो डकार आउने र बेलुका खाएका कुराहरू नपचेको जस्तो हुने समस्याहरू निम्त्याउने कारण नै दाहिने फर्केर सुत्नु हो। दिनदिनै यस्ता समस्याहरू आउन थाल्यो भने तपाईँको मानसिक तथा शारीरिक स्वास्थ्यमा प्रतिकूल असर पर्दछ।

लसीका प्रणाली भनेको के हो ?

लसीका प्रणाली भनेको शरीरको सञ्चार प्रणालीको एक महत्वपूर्ण अङ्ग हो साथै प्रतिरक्षा प्रणालीको अत्यावश्यक भाग हो। यो लसीका प्रणाली विभिन्न लसीका वाहिका हरूको समग्र नेटवर्कले बनेको हुन्छ जसले लसीका तरल पदार्थलाई (लिम्फ’- ल्याटिन भाषामा ‘पानी) मुटुको दिशातर्फ पुर्याउने काम गर्दछ।

देब्रेतर्फ फर्केर सुत्ने बानी सिक्नुहोस् 

यदि तपाईँलाई देब्रेतर्फ फर्केर सुत्ने बानी छैन र यो बानी कसरी बसाल्ने भन्ने बारे सोच्नुभएको छ भने ढुक्क हुनुहोस्। केही समय लाग्न सक्छ तर यसको अभ्यास गर्नुभयो भने तपाईँको शरीरले यो बानी सजिलै सिक्न सक्छ। केही टिप्सहरू यसप्रकार रहेका छन्ः

 

देब्रेतर्फ फर्केर पल्टिनुहोस् र पछाडि पट्टी पुरै ढाडलाई पुग्ने गरी सिरानी अथवा सिरक राख्नुहोस्। यसो गर्दा राती अर्को तर्फ फर्किने सम्भावना कम रहन्छ।

 

तपाईँको खाटको दिशा पनि परिवर्तन गर्न सक्नुहुन्छ, यसो गर्दा पनि देब्रेतर्फ फर्केर सुत्न मद्दत पुग्दछ।

 

– अर्को चलाख उपाय भनेको तपाईँको दाहिने तर्फ मधुरो बत्ती बालेर राख्नु हो। साधारणतयाः सुतेको बेला तपाईँको शरीर उज्यालो तर्फ फर्किन चाहँदैन र देब्रेतर्फ फर्किएर सुत्न सहज हुने गर्दछ।