आज मिति २०७६ साल साउन २ गते बिहीबार पाथीभरा मातालाई दर्शन गरी आजको राशीफल पढ्नुहोस् र शेयर गर्नुहोस्

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ

समय,सन्द्रर्भ तथा परिस्थितिको राम्रो सँग अध्ययन गरि कुनै पनि निर्णय गर्नुहोला गलत ब्याक्तिको सल्लाह तथा सुझाब मान्दा तपाईबाट आत्मघाति निर्णयहरु हुनेछन् । बिशिष्ट ब्याक्तिहरु सँग बिवाद बढ्नेछ भने आर्थिक ब्याबस्थापनका लागि चालिएका प्रयासहरु निअर्थक हनेछन् । आफन्तजन तथा परिवारका सदस्यहरु तपाईको ब्याबहारले टाडिन सक्छन् । बिद्या तथा प्रतिश्पर्धामा मेहनेत गरेअनुशार नतिजा निकाल्न प्रशस्त समय खर्चिनु पर्नेछ ।

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

प्रयत्न गर्दा बिभिन्न अवसरहरु प्राप्त हुनेछन् भने व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । बिवादित बिषयहरु ह्ल भएर जाने तथा पुराना समस्याअरु केहि भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ । समाजिक काम गर्ने वाताबरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

संकट ब्याबस्थापनका लागि चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । साथिभाईहरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ ।

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो

पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ । माया प्रेममा नजिक हुने तथा बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु हुनेछन् ।

सिहं मा,मी,मू,मे,मो,टा,टी,टू,टे

मुद्धा तथा मामिलामा आज सामेल भए हारिने अधिक सम्भावना रहेको छ भने न्यायिक निर्णयहरु तपाईको बिपक्षमा फैसला हुनेछन् । आफ्नो ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु हाबि हुनेछन् भने पढाई लेखाईमा ध्यान नजानाले अरु भन्दा पछि परिनेछ । मामा तथा मावलि पक्षबाट आश्वासन मात्र पाईने हुँनाले कुनै कुराको आस गर्नु गलत हुनेछ ।

कन्या टो,पा,पी,पु,ष,ण,ठ,पे,पो

परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुने हुँनाले समस्याका पर्खालहरु आफै ढल्नेछन् । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा सहयोग हुनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ ।

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते

समाजमा ईज्जतिलो काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउँने मानिसहरु हावि हुनेछन् । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउँन कडा मेहनेत गर्नुपर्नेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ भने सवारि साधन तथा घर जग्गाको किनबेच बाट केहि मात्रमा लाभ लिन सकिनेछ । पढाई लेखाई अरु दिन भन्दा कमजोर रहने हुँनाले नतिजा अरुकै पक्षमा जानेछ ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू

हिम्मतका साथ काम गर्न नसके समयले तपाईलाई पछि छोड्नेछ । दाजुभाई तथा छिमेकीको साथ गरिने कुनै पनि व्यापार व्यावसासबाट केहि मात्र लाभ लिन सकिनेछ । न्यालय क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुन सक्छन् । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा मनमुटाबको अवस्था सिर्जना हुनेछ । खेलकुद तथा खेलकुद सँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । स्वास्थ्यको ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ ।

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

समाजमा आफन्त तथा आत्मिय मित्रका साथ सुमधुर सम्बन्ध स्थापना गर्न सकिनेछ । अध्ययनमा प्रशस्त समय दिन सकिने हुँनाले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ भने बुद्धिमता पुर्वक गरिएको कामहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । असहज परिस्थितिको सामना गर्नुपरेपनि सार्थक नतिजा निकाल्न सकिने हुँनाले मन प्रशन्न हुनेछ । पारिवारिक माहोलमा जमघट भई नयाँ साथिहरु बनाउँन सकिने तथा स्वादिष्ट भोजन ग्रहण गर्न सकिनेछ ।

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

कला साहित्य तथा सिर्जनात्मक क्षेत्रमा लगानि गर्ने अनुकुल बाताबरण बनेर जानेछ । समय अनुसार आफ्ना बिषय बस्तुको उँठान गर्नसके आर्थिक रुपमा सम्पन्न होईनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने तथा प्रशासनिक क्षेत्रमा सम्मानजनक उपस्थिति रहनेछ । पढाई लेखाईमा अरुलाई निकै पछाडि पारि अगाडि बढ्न सकिनेछ भने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई अगाडि जान सकिने हुँनाले आफन्तहरु खुसि हुनेछन् ।

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा

कमर्शियल निर्णयहरु आजको दिन धाति राख्नु होला किनकी व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेको छ भने बैदेशिक क्षेत्र सँग सम्बन्धित व्यावसायमा लगनि बढाउँदा प्रशस्त नाँफा कमाउन सकिनेछ । साना तिना कामका अल्झनु पर्दा अध्ययन तथा अध्यापनमा समय दिन सकिने छैन । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखा पर्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला तपाईको यात्रा कष्टपुर्ण हुन सक्छ ।

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची

बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउँने समय रहेकोछ भने परिवारजनको आवस्यक्ताहरु पुरा गर्न सकिने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुँने तथा आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ । बुवा तथा आफन्तबाट तपाईले थालनि गर्नुभएको काममा सहयोग तथा समर्थन पाईने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने ईच्छित कामनाहरु पुरा हुँने समय रहेकोछ ।