सिड्नीमा हुंदै भब्य नेपाल महोत्सव

उक्त महोत्सवमा नेपाल र नेपालि संस्कृतिलाई झल्काउने खालका कार्यक्रमका साथै नेपालि लोक संस्कृति झल्काउने, र नेपालि संगित द्धारा मनोरञ्जन का कार्यक्रम र (नेपाल घर) पनि राखिएको छ त्यहां नेपालि हस्तकलाका सामान, नेपालि खानाका साथै विभिन्न प्रकारका नेपालि कला झल्काउने खालका सामानहरु राखिएको छ ।
महोत्सवमा पूर्वी पहाडका राई लिम्बुदेखि तराईका राजवंशी र थारु अनि पश्चिमका रोधी र मारुनी नृत्यहरु देखाईने छ । उक्त महोत्सवमा नेपाल परेट हुदैंछ । जसमा नेपालि संस्कृति झल्काउने गरि नेपालि झण्डा र नेपालि पोसाकमा परेट गरिन्छ । उक्त महोत्सवका (Venue Management coordinator) समिम अनवर बताउंछन्,: यसरी गरिने कार्यक्रमले नेपाली संस्कृतिको प्रचार प्रसार हुनुको साथै यस्ता कार्यक्रमले नेपालमा विदेशी पर्यटक भित्राउन ठुलो सहयोग गर्नेछ ।