फेरि जन्मन्छन् जन्मदैनन् ?

—श्यामबहादुर भावुक

कठै उनको बालापन सुन्दा खेरि पनि
श्रमिक यी पीडादायी आँखा रसाउनी
बुट पालिस गर्ने पैलो बाहुनको छोरो
योग्यताको खानी तर कदर नभएको
नाताबाद र चाकडी हुनाले, बुट पालिस गरेका उनले ।

जाति पाति रंगभेद विरोध गर्ने सधै
समाजमा न्याय बोल्ने सच्चा ब्यक्ति अझै
प्रजातन्त्र समाजबादि आन्दोलनका पथिक्
विचारका अडिग र तर्क दिने सटिक्
समाजको हितमा उनी, बोल्ने गर्छन् कुनै धक नमानी ।

कला कौशल मन्दिरका पारखी हुन् तीत
हाँसीकन मीठो बोल्ने गर्छन् सबैसित
अमूर्तता भित्र पनि साँच्चै मूर्त होकि
सूर्यको झै तेज उनको शरिर छ रोगी ।
दुःखी जीवन लाग्दछ उनको, कति खेर अस्ताउने जून हो ?

पूवीर्य त्यो दर्शन र चिन्तनका धनी
तर्क दिने गर्छन् उनी व्यवहारिक बनी
विदेशीले पूजेका यी स्वदेशीका हेला
कर्म गरी बाँचेका यी हातै भरि ठेला ।
स्वाभिमान बोकेर बाँचेका, इमान्दारी भएर हाँसेका ।

यन्त्र, तन्त्र मन्त्रका यी विज्ञ अनि ज्ञाता
कदर, सम्मान पाएका छन् धेरै देशबाट
शास्त्रादिको विधातिर अथक योद्धा बनी
छन्द, सुत्र बयान गर्ने विचारका धनी ।
ज्ञानका यी भण्डार बनी, बाँडिदिन्छन् जो सुकै आउँदा नि ।

ध्येय चिन्तनका धनी महान कलाकार
भगवानका रुप उनी मानव अवतार
कर्मवीर, धर्मवीर, दानवीर मनु
सिक्नु पर्छ, हामी पनि उनी जस्तै बनु ।
एक अर्काको दुःखलाई बुझेर, सेवा गर्ने गर्दछन् कुँदेर ।

प्राचीन सोह्र भाषा जान्ने अठ्चालीस लिपि
गाउने गर्छन् आफ्नै भाका शव्द लय टिपि
बैदिक धर्म संस्कृतिका पारंगत बनी
घण्टौंघण्टा बहस गर्ने क्षमताका धनी ।
विद्वानको नगरौं कुरा, देख्दिन म कुनैमा कमजोर ।

आयुर्वेदका डाक्टर ती जडीबुटी विज्ञ
पूजापाठमा रमाउँदै कर्म गर्ने नित्य
योग्यताको प्रमाण पत्र परित्याग गरी
स्वाभिमान बोकीकन बाँचेका ती फेरि ।
साधनामा बाँचेका ऐले नि, देशले वास्ता गरेन कैले नि ।

को होलान् त यस्ता ब्यक्ति समाजमा भनी
भावुकले खोजी गर्न लागि प¥यो अनि
नाम सुन्न आतुर भो भावुकको मन
अर्जुन शर्मा विरक्तिको खोजी गरीकन
तोत्रीयको गरेर खोजी, भावुकले लगायो पिरति ।

वरपर सुने मैले अर्जुनका नाम
मनुष्य भै सार्थक हुने गरे धेरै काम
फेरि जन्म हुन्छ हुन्न यस्ता अर्जुन शर्मा
बाँचेका ती हो कि क्या हो दैवीशक्ति भरमा
मलाई उनको चिन्ताले छोइरेछ, अंग सबै क्षतविक्षत भैरेछ ।

जनता र देश भन्दै लाठी, गोली खाए
शासन सत्ता जुन आए नि उनले दुःख पाए
तर उनको दुःख बुझ्ने निस्किएन कोही
बाँचेका छन् ती अर्जुन दुःख, पीडा सही ।
स्वाभिमानमा बाँचेका तीत, दुःख, पीडा पोख्दछन् मसित ।

यस्तै छ नि यो देशको विडम्बना पनि
चाकडी र चाप्लुसीमा देश चलेको छ नि
योग्यताको कदर हुने आउला कुनै दिन
इमान्दारी गरे पुग्छ चिन्ता लिने किन ?
पीर चिन्ता नलिऊ दिदीभाइ, इमान्दारी देखाइदेऊ सबैलाई ।