जलवायु परिवर्तन

पृथ्वीको वायुमण्डल विभिन्न प्रकारका ग्याँसहरुको मिश्रणले बनेको हुन्छ । तीमध्ये कार्वन डाइअक्साइड मिथेन नाट्रस अक्साइड पानीको बाफ लगायत अन्य केही ग्यासँहरुलाई हरित गृह ग्याँस भनेर चिनिन्छ । यी ग्याँसहरुले पृथ्वीको सतहमा ठोकिएर फर्केका सूर्यका किरणहरुको केही मात्रा पुनः पृथ्वीमा नै फर्काइदिन्छ । यही कारणले गर्दा नै पृथ्वीको औसत तापक्रम लगभग १५ डिग्री सेल्सियसको हाराहारीमा रहँदै आएको छ । यही प्रकृयालाई हरित गृह प्रभाव भनिन्छ जसले पृथ्वीमा जीवन सम्भव बनाएको छ ।

हाम्रो वायुमण्डलमा जति जति हरित गृह ग्याँसहरु थपिँदै जान्छन् त्यहि अनुपातमा यी ग्याँसहरुले पृथ्वीबाट ठोकिएर फर्केका सूर्यका किरणहरुलाई पुनः पृथ्वीमा नै फर्काइरहेको हुन्छ जसको कारणले पृथ्वीको औसत तापक्रम बढिरहेको छ । यही प्रकृयाबाट हुने प्रभावलाई जलवायु परिवर्तन भनिन्छ ।

विगत २०० वर्षयता विभिन्न मानवीय कृयाकलापले गर्दा वायुमण्डलमा हरित गृह ग्याँसको मात्रा बढ्दै गइरहेको छ । बढ्दो सहरीकरण, अव्यवस्थित उद्योग, सवारी साधनहरु ,वनजंगल फँडानी वा विनाश र भु(उपयोगमा आएका परिवर्तन जस्ता कार्यहरुलाई मुख्य मानवीय कारणहरु मान्न सकिन्छ ।

जलवायु परिवर्तन र नेपाल

जलवायु परिवर्तनले नेपाल लगायत अन्य विकासोन्मुख देशहरुलाई तुलनात्मक रुपमा बढी असर गरिरहेकोछ । नेपालको हरित गृह ग्याँस उत्सर्जन दर अन्य देशको तुलनामा नगन्य (०.०२५५) भएता पनि जलवायु परिवर्तनका नकारात्मक असरहरुबाट अत्यन्त संवेदनशील रुपले प्रभावित हुने लक्षणहरु नेपालमा देखापरिसकेका छन् । जल तथा मौसम विभागको एक अध्ययन अनुसार नेपालको औसत तापक्रम प्रतिवर्ष ०.०६ डिग्री सेल्सियसको दरले वृद्धि भइरहेको छ ।

नेपालमा जलवायु परिवर्तनको प्रभाव

नेपालको भौगोलिक बनावट धेरै नै जटिल र संवेदनशील भएकोले नेपाल जोखिमपूर्ण देशको सुचीमा गनिन्छ । नेपालको हरित गृह ग्याँस उत्सर्जन दर विश्वको अरु समुदायभन्दा न्यून छ तापनि जलवायु परिवर्तनका केही नकारात्मक असरहरु नेपालमा देखापरिसकेका छन् । नेपालमा जलवायु परिवर्तनको प्रभाव निम्न प्रकारका छन्स्

तापक्रममा वृद्धि

नेपालको तापक्रम विगत ३० वर्षमा सन् १९७५ देखि २००५सम्म औसत प्रतिवर्ष ०.०६ डिग्री सेल्सीयस्ले बढेको पाइएको छ । जल तथा मौसम विज्ञान विभाग नेपाल सरकार तापक्रमको वृद्धि दर सबै ठाउँमा एकनासको छैन । उदाहरणको लागि नेपालको तराई र पहाडी क्षेत्र भन्दापनि हिमाली क्षेत्रको तापक्रम वृद्धि दर बढी देखिएको छ ।

पग्लिँदो हिमाल र खुम्चिँदा हिमनदी

हिमालय क्षेत्रको तापक्रम विश्वको सरदर वृद्धिभन्दा धेरै उच्च दरमा बढिरहेको छ । जसको प्रत्यक्ष प्रभाव देशको हिमतालमा पर्छ जुन हाम्रो देशको पानीको मुख्य स्रोत हो । नेपालमा करिब ३२५३ हिमनदीहरु र २३२३ हिमतालहरु छन् (क्ष्ऋक्ष्ःइम् २००१) जसमा लगभग ६७ प्रतिशत हिमनदीहरुको आकारमा परिवर्तन आइसकेको छ (क्ष्एऋऋ २००७) । एक अध्ययनअनुसार नेपालमा हिमनदी प्रतिवर्ष १ मिटर देखि २० मिटरको दरले पग्लँदै गएको छ ।
हिमालमा रहेको हिउँ यसरी छिटो छिटो पग्लिँनाले हिमतालमा धेरै पानी जम्मा हुन जान्छ । परिणाममा हिमतालको बाँधले पानी थाम्न नसकेर हिमताल फुट्न जान्छ र ठूलो बाढी आउँछ । यसलाई अंग्रेजीमा न्ीइँ (न्बिअष्ब िीबपभ इगतदचगकत ँयियम) भनिन्छ । नेपालमा अहिलेसम्म केही हिमतालहरु फूटिसकेका छन् भने ४० भन्दा बढी फुट्ने खतरामा छन् ।

वर्षा चक्रमा फेरबदल

तापक्रम बढ्नुको साथै वर्षा चक्रमा पनि परिवर्तनहरु देखापरेको छ । यी परिवर्तनको कारणले कहिले धेरै वर्षा हुने र कहिले कम वर्षा हुने समस्या उत्पन्न हुन्छ । धेरै वर्षा हुने ठाउँमा बाढी पहिरो र भुक्षयको समस्या हुन्छ भने कम वर्षा हुने ठाउँमा सुख्खा खडेरी र पानीको मुहान सुक्ने समस्या उत्पन्न हुन्छ ।

कृषिजन्य उत्पादनमा ह्रास

नेपाल कृषि प्रधान देश हो । आकाशे पानीमा भर पर्ने हाम्रो कृषि प्रणालीमा वर्षायाममा हुने उतारचढावले धेरै नै प्रभाव पार्छ । जसले कृषि उत्पादनमा घटी आउँछ । त्यसैगरी मौसम र वर्षाको प्राकृतिक चक्रमा परिवर्तन हुँदा परम्परागत बाली चक्रको सन्तुलनमा खलल पुग्न जान्छ । जसको कारणले देशमा खाद्यान्नको कमी हुन्छ ।

जैविक विविधताको लोप

जलवायु परिवर्तनको कारण वातावरणमा आएको परिवर्तनअनुसार आफूलाई ढाल्न नसक्दा कुनै कुनै रुख विरुवा तथा जीवजन्तु लोप हुने सम्भावना हुन्छ । वनको विनाश भएपछि यसको प्रत्यक्ष असर वन्यजन्तु तथा अन्य जैविक विविधतामा पर्छ किनकि उनीहरुले आफ्नो वासस्थान गुमाउँछन् । तापक्रम र वर्षमा आएको परिवर्तनले जीवजन्तुको जनसंख्या घनत्व र उपलब्धतामा कमी आइ लोप हुने अवस्थामा पुग्छन् ।

बढ्दो प्राकृतिक प्रकोप

नेपालमा बाढीपहिरो भूक्षय खडेरी भोकमरी जस्ता दैवी प्रकोपको समस्या पहिलेदेखि नै रहिआएकोमा जलवायु परिवर्तनले यसलाई झन् जटिल बनाएको छ । अनियमित वर्षा बढ्दो तापक्रमले धेरै नै क्षय भएको छ । उच्च हिमाली भेगमा हिमनदी खुम्चिने, हिमताल बढ्ने र वृद्धि हुँदै जाने गति, हिमताल बिष्फोट हुने खतरा र हिम पहिरो मुख्य प्राकृतिक प्रकोप हुन । मध्य पहाडमा पहिरो, नदी तटमा बाढी आउने, भूक्षय र असामान्य खडेरी जस्ता प्रकोपहरु बढ्दै छन् । यसैगरी नदीमा पानीको सतह बढी खेत बस्ती डुबान हुने र खडेरी तराईमा देखापर्छ ।

मानव स्वास्थ्य

तापक्रममा वृद्धि भएको कारणले विभिन्न प्रकारको रोगहरु फैलिने क्रम बढी हुन्छ । विशेष गरेर झडापखाला, मलेरिया, कालाजार, जापनिज ईन्सेफलाइटिस् जस्ता रोगले मानिसको ज्यानसम्म जानसक्छ । त्यसैगरी बाढी पहिरोको समयमा स्वच्छ पानीको अभावले धेरै मानिसहरु पानी जन्य रोगबाट ग्रसीत हुनसक्छ ।

अन्तर्राष्ट्रिय प्रयास

अन्तर्राष्ट्रिय स्तरमा संयुक्त राष्ट्रले जलवायु परिवर्तन अभियान शुरु गरिसकेको छ । जसअनुसार जलवायु परिवर्तनको असरबाट पृथ्वीलाई बचाउनको लागि वर्षेनी १ पटक विभिन्न राष्ट्रका ठूलाबडाहरु जलवायु सम्मेलनको लागि एकठाउँमा भेला हुन्छन्। जहाँ जलवायु परिवर्तनको समस्याको समाधान खोज्ने प्रयास हुन्छ । यी सम्मेलनबाट कतिपय राम्रा निष्र्कष आउँछन् भने कतिपय प्रभाव नभएका कुराहरु पनि आउँछन् । यसप्रकारको सम्मेलन अहिलेसम्म १६ पटक भइसकेको छ । यस्तो सम्मेलनमा नेपालले पनि विगत केही वर्षदेखि सक्रिय सहभागीता गर्दै आएको छ । यसपालिको सम्मेलन साउथ अफ्रिकाको दर्बान भन्ने शहरमा हुन लागेको छ ।
यस्ता सम्मेलनबाट सबै विकसित मुलुकले आफ्नो हरित गृह ग्यास उत्सर्जनमा कमी ल्याउन र गरीब तथा अल्प विकसित मुलुकहरुलाई अनुकुलनको लागि सहयोग गर्न प्रतिबद्धता गरोस् भन्ने हामी चाहन्छौँ । यसै सन्दर्भमा नेपाल लगायत अन्य अल्प विकसित मुलुकहरुले अनुकुलन कार्यक्रमको कार्यन्वयनको लागि आर्थिक सहयोग पाउनु पर्ने र विकसित मुलुकहरुबाट उत्सर्जन कटौती गर्नु पर्ने मुद्दामा पैरवी गर्दैछ ।

जलवायु परिवर्तनको वर्तमान अवस्था

तापक्रम
जलवायु परिवर्तन हाम्रा लागि दूर भविष्यमा आइपर्ने चुनौती होइन, वर्तमानमा आइपरेको आसन्न खतरा हो । यसले पार्ने आर्थिक प्रभाव सर्वत्र महसुस भैसकेको छ । यो जलवायु विभिन्नता भन्दा फरक छ । जलवायुले औसत जलवायुमा देखिने अल्पकालिन फेरबदल भन्ने जनाउँदछ । जलवायु परिवर्तनले जलवायुका कैयौँ पक्षलाई प्रभावित तुल्याउँछ, जस्तै वर्षाको सही पूर्वानुमान गर्न सकिँदैन, ऋतुजन्य मौसमको ढाँचा बदलिदिन्छ, विषम प्रकृतिका मौसमजन्य घटना (जस्तै भारी हिमपात हुनु, सुख्खा खडेरी पर्नु, उष्ण र ठण्डी वायुभाटा पैदा हुनु र अचानक हिमताल फुट्नु आदिको सम्भावना बढाइदिन्छ ।
विश्वको औसत तापक्रम वृद्धिभन्दा नेपालको ऋतुजन्य तापक्रम द्रुत गतिमा बढ्दो छ र यो प्रवृत्तिको निरन्तरता कायम हुने सम्भावना छ । वार्षिक औसत तापक्रम सन् २००० लाई पूर्वाधार रेखा मान्दा सन् २०३० सम्म १.२ सेल्सियसका दरले, सन् २०५० सम्म १.७ सेल्सियसका दरले र सन् २१०० सम्म ३ सेल्सियसका दरले बढ्ने अनुमान प्रक्षेपण गरिएकोछ । यो प्रक्षेपण गरिएको तापक्रम वृद्धिका साथैे ऋतुकालीन एवं स्थानविशेष को वास्तविक फेरबदल र उच्च भेगमा गर्मीमा भन्दा हिउँदमा तापक्रम बढ्नेदर पनि विद्यमान छ ।
प्रााकृतिक फेरबदल वा मानवीय प्रभावका कारण लामो समयको बहाव संगै हुने मौसमीय परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ ।
वातावरण मन्त्रालय (२०१०)। जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय अनुकूलन योजना , काठमाडौं, नेपाल

स्रोतः जल तथा मौसम विज्ञान विभाग, नेपाल