जलवायु परिवर्तनको प्रत्यक्ष असर मानव स्वास्थ्य तथा कृषि क्षेत्रमा

दीपा दाहाल

पछिल्लो समय जलवायुमा आएको परिवर्तनका कारण धेरै क्षेत्रमा असर पर्न थालेको छ । जलवायु परिवर्तनका कारण मनसुनी समयमा भएको फेरवदल, वातावरणमा देखिएको असर लगायतले मानव स्वास्थ्य र कृषि क्षेत्र प्रभावित हुन थालेको छ । बिज्ञले जलवायु परिवर्तनका कारण नेपाल जस्ता विकासोन्मुख मुलुक उच्च जोखिममा पर्न थालेको भन्दै चिन्ता प्रकट गर्न थालेका छन ।

“जलवायु परिवर्तनका कारण नेपाली प्रत्यक्ष जोखिममा पर्दैछ, तापक्रममा अत्याधिक वृद्धि हुँदै गइरहेको छ,मनुसनमा सबैभन्दा धेरै परिवर्तन आइरहेको छ, जसले गर्दा मानिसको प्रत्यक्ष जीवनमा समेत नकारात्मक असर पर्न थालेको छ, जनु हाम्रा लागि चिन्ताजनक र गंम्भर विषय हो ।” वरिष्ठ मौसमविद् राजेन्द्र प्रसाद श्रेष्ठको माथिको यो भनाइले पनि पुष्टि गर्छ की जलवायु परिवर्तनको असर विस्तारै देखिन थालेको छ । समयमै पानी नर्पनु परिहाल्यो भने पनि निकै कम मात्रामा पर्नु, ठाउँ अनुसार पानी पर्नेक्रममा फरकपन आउनु, जाडोमा अत्याधिक जाडो र गर्मीमा अत्याधिक गर्मी हुनु, वेमौसममा अत्याधिक हुरीवतास चल्नु चट्याङ्ग पर्ने क्रम बढ्नु जस्ता समस्या बढेका छन ।

मनसुनी समयमा आएको परिवर्तनले नेपालको कृषि क्षेत्रमा समेत प्रतिकुल असर पुग्न थालेको छ । जल तथा मौसमविद् समाज नेपालका सल्लाहकार जनक लाल नायवा भन्नुहुन्छ कृषिवालीका लागि सबैभन्दा महत्वपूर्ण पानी हो तर यसमै परिवर्तन आउँदा थप समस्या भएको छ, सिमसिमेपानी पानी जुनसुकै बालीका लागि उपयुक्त मानिन्छ तर एक्कासी बाली नासिने गरी पानी पर्छ र क्षणभरमै हराउछ यस्तो मनसुनी समस्या नेपालमा बढ्दै गएको छ ।”
पछिल्लो ५ दशकमा नेपालको मनसुनमा धेरै फेरबदल भइरहेको मौसमविदको अनुभव छ । विश्वव्यापी रुपमा कावर्न उत्सर्जनको मात्र बढनु अव्यवस्थित सहरीकरण, औधोगिकीरण लगायतले तापक्रममा वृद्धि हुँदा नेपाल जस्ता मुलुकको जलवायुमा प्रत्यक्ष असर परेको छ । यसबारे थप अध्ययनको आवस्यकता औंल्याउनुहुन्छ वरिष्ठ मौसमविद् मणीरत्न शाक्य ।

मौसमको प्रतिकुल असरबाट बच्न सबैभन्दा पहिले जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्नुपर्ने भएपनि यो नेपालसंगै सबै राष्ट्रका लागि गम्भिर चुनौती बनेको छ । युनेस्कोको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा ० दशमलब ०५ प्रतिशतका दरले वार्षिकरुपमा तापक्रम वृद्धि भइरहेको छ । कार्वन उत्र्सजनमा नेपालको एक प्रतिशत पनि भूमिका नरहेपनि यसको असरको मार भने बढी परेको छ । तत्कालका लागी जलवायु परिवर्तनको असर कम गर्न स्थानीय साधनस्रोतलाई उचित किसिमले प्रयोग गर्नु पर्ने धारणा छ मौसमविद् जनकलाल नायबाको ।

मौसमको प्रतिकुल असर न्युनिकरण गर्न जलवायु परिवर्तनको क्रमलाई घटाउनुपर्छ भन्नेमा अव कसैको दुइमत छैन तर हाम्रो जस्तो मुलुकका लागि भने यो थप चुनौती बनेको छ । त्यसैले विज्ञहरुले भनेजस्तै सबैभन्दा पहिले भइरहेका स्रोतसाधानलाई उचित ढङ्गबाट प्रयोगमा ल्याउनुपर्छ । अनि के कारणले समस्या बढीरहेको छ भन्नेमा व्यपाक अध्ययन अनुसन्धान सुरु गर्नुपर्छ ।
(