जलवायु अनुकूलनका लागि सामुहिक पर्यत्न जरुरी छ

डा.ऋषिराम शर्मा
महानिर्देशक
जल तथा मौषम विज्ञान विभाग

जलवायु परिवर्तन भनेको के हो ? जलवायु परिवर्तन भएको भनेर कसरी बुझ्ने ?
लामो समयको औषत मौषमी अवस्था र त्यो मौषमी अवस्थाको उतार–चढाव जस्तै, कहिले अति चिसो त कहिले अति तातो हुनु, कहिले अति धेरै बर्षा हुनु त कहिले अति कम बर्षा हुनु, कति समयसम्म त बर्षा नै नहुनुजस्ता विषम अवस्था र औसत मौसमी अवस्था अर्थात् कुनै पनि क्षेत्रमा हुने लामो समयसम्मको मौसमको औसत अवस्थालाई जलवायु भनिन्छ र त्यसमा आएको परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ । हाल नेपालका सबै ठाउँमा जलवायु परिवर्तनका असरहरु देखापरिरहेकाछन् । ३०–४० बर्ष देखिको मौषमी तथ्यांक हेर्दा नेपालको सरदर तापक्रम वृद्धि ०.०४ डिग्री सेल्सियस प्रतिवर्ष रहेको छ । सय वर्ष पहिले देखि वायुमण्डलमा हरितगृह ग्याँसको मात्रा बढ्दै गएको छ । जसको मुख्य असर जलवायु परिवर्तन हो ।

जलवायु परिवर्तनले कस्ता खालका असरहरु देखिएका छन् ?
– विद्यमान समस्याको रुपमा रहेको जलवायु परिवर्तनले समग्र कृषि प्रणाली, जलस्रोत तथा उर्जा, वनजंगल तथा जैविक विविधता, मानव स्वास्थ्य लगायतका क्षेत्रमा प्रत्यक्ष असर देखिदै आएको छ । खासगरी हाम्रा हिमनदीमा संकुचन आएको छ । पहिले–पहिले नेपालमा निकै कम र स–साना खालका हिमताल थिए भने अहिले ति हिमतालहरुको आकारमा समेत वृद्धि भएको छ । जुन घटनालाई पनि ठूलो जोखिमका रुपमा लिनुपर्छ । मनसुनी प्रणालीमा पनि फरकपन आएको छ । मनसुन ढिलो सुरु हुने, ढिलो अन्त्य हुने, प्रवृत्ति देखा परेको छ । अतिवृष्टि र अनावृष्टिका घटनाहरु बढ्दै गएका छन् । तराईमा सितलहर बढ्दै गएको छ । यो सबै समस्या जलवायु परिवर्तनले नै सिर्जना भएको हो ।

जलवायु अनुकूलनका थुप्रै प्रयास हुँदाहुँदै पनि किन प्रतिकुल बन्दै गएको होला ?
– हरित गृह ग्याँसको उत्सर्जनमा आएको वृद्धिले जलवायु परिवर्तन भैरहेको छ । हाम्रा उद्योग कल–कारखाना, कार, जिप, मोटरलगायतका साधनहरुबाट निष्कासन हुने धुवाँ, सघन कृषि प्रणालीबाट पनि हरितगृह ग्याँसको उत्सर्जनमा वृद्धि भएको छ । यसका न्यूनिकरणका थुप्रै अभ्यासहरु भए तर हरेक क्षेत्रको आधुनिकिकरणसँगै यसका चुनौती थपिएका छन् ।
जलवायु परिवर्तनका असर न्यूनिकरण गर्न के गर्नु पर्ला ?
– जलवायु परिवर्तनका असर न्यूनिकरण गर्न दुईटा उपाय छन् । एउटा भनेको हरितगृह ग्याँसको श्रोतको कटौती गर्नुपर्छ । र अर्को उपाय भनेको जलवायु समयानुकूलन हुने गरी विभिन्न विकास–निर्माणका क्रियाकलाप गर्नुपर्छ । अथवा जलवायु परिवर्तनले जोखिममा रहेको समुदाय, व्यक्ति, परिवारको संभावित क्षति–नोक्सानी कम होस् भनेर विभिन्न विकास–निर्माणका कामहरु (हाम्रा घर–वसोवास र दैनिकिलाई असर नगर्ने क्रियाकलाप) गर्न जरुरी छ ।

जलवायु अनुकूलन र न्यूनिकरणमा जल तथा मौषम विज्ञान विभागले कस्तो भूमिका खेलिरहेको छ ?
– जलवायु अनुकूलन र न्यूनिकरणका कार्य जल तथा मौषम विज्ञान विभागले मात्रै गर्ने होईन, जति पनि विकास–निर्माणसँग सम्बन्धित सरकारी–गैरसरकारी सबै निकायको सामुहिक प्रयत्न जरुरी छ । यो विभागले खासगरी पूर्वसूचना प्रणालीको विकास गर्ने हो । भविष्यमा यो खालको विपद् हुँदैछ है भनेर जानकारी दिने सूचना प्रणाली पूर्वसूचना प्रणाली हो । विपद् वारेको जानकारी आफूमा सिमित नराखी जहाँ विपद् उत्पन्न हुनसक्छ त्यहाँ पु¥याउनुपर्ने हुन्छ, हामी त्यो अनुसार अघि बढिरहेका छौं । विपदका सूचना छिटो भन्दा छिटो पु¥याएका छौं । हामीले जानकारीका विभिन्न खालका ज्बशबचम ःबउ बनाएका छौं । जसअनुसार हामी कस्तो खालको जोखिममा छौं, त्यो ख्याल गर्नुपर्ने हुन्छ । तटिय क्षेत्रमा भए बाढीको जोखिम हुनसक्छ । बनजंगल नजिक घर भए गर्मी बढेको अवस्थामा आगलागी हुनसक्छ । तराई र गर्मी ठाउँमा भए सर्पले टोक्न सक्छ । यी जोखिम आँकलन गरेर अनूकुलित हुन आवश्यक छ । त्यसमा आवश्यक सहयोग गर्न हामी तयार छौं । जोखिम भएको स्थानमा पूर्वसूचना प्रणाली विकास गरेर प्राप्त सूचनालाई सामान्य विश्लेषण गरी छिटो भन्दा छिटो उक्त समुदायलाई प्रवाह गर्ने कोशिस गर्छौं । हाम्रो यसखालको प्रयासले मानविय क्षति कम गर्न मद्दत गरेको छ ।
विकट तथा दुर्गम क्षेत्र धेरै भएको हाम्रो देशमा पूर्वसूचना प्रणाली कसरी प्रभावकारी गर्न सकिएला ?
– पूर्वसूचना प्रणाली दुर्गम क्षेत्रमा पूर्ण रुपमा लागु गर्न संभव पनि छैन । हाम्रो देशमा सूचना–प्रविधी पनि विकास क्रममा छ । नेपालका थुपै्र गाउँमा अहिले पनि सूचना–प्रविधीको रुपमा रहेको मोवाइल फोनको पहुँचमा समेत छैनन् । यसको लागि पनि सबै सरोकारवाला निकायहरु तत्परताकासाथ लाग्न जरुरी छ । जहाँ–जहाँ मोवाइल सेवा पुगेको छ, त्यहाँ–त्यहाँ मोवाइलमार्फत् संकटासन्न तथा जोखिम स्थानमा खबर गर्न हामी तयार छौं । यसका लागि विभिन्न मिडियाहरुले प्राथमिकता दिन जरुरी छ । खासगरी गाउँमा ँः रेडियोहरुको भूमिका विशेष हुनसक्छ । ँः रेडियोहरुले तत्कालै जोखिमका सूचना प्रवाह गर्नसके विकट क्षेत्रसम्म पनि सूचना पुग्नसक्ने र सम्भावित क्षति हुनबाट बच्न सकिन्छ ।

विगतको तुलनामा पछिल्ला बर्षहरुमा कर्णालीमा खडेरीका समस्या सिर्जना भएको र यो बर्ष खडेरीको समस्याले झनै विकराल रुप लिइरहेको तथ्यलाई के भन्नुहुन्छ ?
– जलवायु परिवर्तनकै एउटा पाटोको रुपमा खडेरीलाई लिइन्छ । कर्णाली नेपालको सबैभन्दा ठूलो र विकट अञ्चल हो । त्यति हुँदाहुँदै पनि कर्णालीका विभिन्न ठाउँमा तथ्यांक केन्द्रहरु छन् । कर्णाली अञ्चलबाट प्राप्त तथ्यांक विश्लेषणबाट के बुझिन्छ भने सन् १९७० बाट २००० सम्म र १९८० बाट २०१० सम्मको तथ्यांक हेर्दा त्यहाँ गर्मीयाममा तापक्रम बढेको र जाडोयाममा चिसोपना पनि बढेको देखिन्छ । त्यसरी नै खडेरीको समस्या पनि बढ्दै गएको अवस्था छ । कर्णालीको सबै भूभाग हिमाली भएकाले स्वभावैले पानी कम पर्ने हुन्छ । कर्णालीमा अधिकतम तापक्रम ३७.५ डिग्री सेल्सियस र न्युनतम तापक्रम –१७ डिग्री सेल्सियस रहेको छ । पछिल्ला केहि महिना बर्षा नभएको देखिन्छ । यसकारण नै कर्णाली र कर्णाली आसपास खडेरीको समस्या देखिएको हो ।

सिमाना जोडिएका छिमेकी देशका साथै अन्य देशको तुलनामा नेपालमा जलवायु परिवर्तनका प्रकोप धेरै देखिनुको कारण के होला ?
– पकृतिको चक्रको कुनै सिमा हुँदैन । जलवायु परिवर्तनको असर छिमेकीका साथै सबै देशमा देखा परिरहेको छ । फरक के हो भने हाम्रो देशमा प्रतिकूलतासँग जुध्न सक्ने क्षमताको कमी छ । प्रतिकूलतासँग जुध्ने क्षमता भएका देशमा जलवायु परिवर्तनका असर र क्षति कम भएका छन् । विकसित राष्ट्रहरुले जलवायु अनुकूलनका लागि पूर्वाधार तयार पारिसकेका छन् भने हामीसँग यस्तो आधार तयार छैन । यसर्थ हाम्रो देशमा बढि समस्या देखिएको हो ।

कृषि, जलस्रोत र मानव स्वास्थ्यमा बढि असर देखा पर्नुको कारण के हो ?
– जलवायु परिवर्तनको असर सबै क्षेत्रमा देखा परेता पनि कृषि, जलस्रोत र मानव स्वास्थ्यमा बढि असर देखापरेको अवस्था छ । जति धेरै पानी प¥यो कृषि क्षेत्र राम्रो हुन्छ, कृषि क्षेत्र राम्रो भएको खण्डमा उत्पादन बढ्छ तर खडेरीको प्रकोप बढ्दै जाँदा कृषिमा बढि असर देखापरेको हो त्यस्तै जलस्रोत र जलवायुको सम्बन्ध प्रत्यक्ष हुने–हुनाले जलवायु परिवर्तन हुनेवित्तिकै जलश्रोतमा धेरै असर देखा परेको हो । जलस्रोतको धनि मानिने हाम्रो देशमा बेला–बेला अतिवृष्टिले बाढी आउने, भौतिक संरचना भत्काउने, बिगार्ने र लामो समयसम्म हुने अनावृष्टिले खडेरीको प्रकोप देखा पर्दा भएका पानीका मूल सुक्नेजस्ता समस्या देखा परेका छन् भने स्वास्थ्य क्षेत्रमा पनि उस्तै खालका समस्या देखिएका छन् । स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई खालका समस्या देखापरेका छन् । पत्यक्ष भनेको वायुको तापक्रम बढेको अवस्थामा हाम्रो शरिरको तापक्रम बढ्न गई विभिन्न रोग देखा पर्नसक्छन् । अपत्यक्ष असरमा सितलहर देखिनु पनि एक हो । जसले न्युमोनिया लगायत श्वासप्रश्वास सम्बन्धी विभिन्न समस्याहरु निम्तिन सक्छन् । पहिले नै जोखिममा भएका समुदायलाई थप समस्या हुनसक्छ । नेपालकै परिप्रेक्ष्यमा पहिले मलेरिया, डेंगु तराइमा मात्र देखिन्थ्यो भने हाल पहाडी क्षेत्रमा समेत यस्ता समेत देखापरेका छन् । बाढी आउँदा खानेपानीको स्रोत प्रदुषित हुनसक्छ जसले विभिन्न सरुवा रोगहरु निम्तिने खतरा हुन्छ । त्यसकारण स्वास्थ्य क्षेत्रमा पनि पत्यक्ष र अप्रत्यक्ष विभिन्न असरहरु देखिरहेका छन् ।

जलवायु परिवर्तनलाई नियमित प्राकृतिक प्रक्रिया मानिदोरहेछ नि ? उसो भए जलवायु परिवर्ततन किन विश्वव्यापी मुद्दा बनेको होला ?
– पकृतिको आफ्नो नियमित प्रक्रियाबाट पनि जलवायु परिवर्तन हुन्छ, नभएको होइन । विश्वको लामो कालखण्डमा तापक्रम घट्ने र बढ्ने भैरहेको देखिन्छ तर अहिलेको अवस्था भनेको पहिलेको फेरबदलभन्दा फरक छ । पहिलो कुरा यो एकैचोटी विभिन्न परिवर्तन देखिएका छन् । यस्ता समस्याहरु तुरुन्तै हट्ने पनि देखिदैनन् । अहिलेको जलवायु परिवर्तन प्राकृतिक मात्र हो भन्न सकिने अवस्था पनि छैन । मानव सिर्जित समस्याहरु नै जलवायु परिवर्तनको मूल कारणको रुपमा देखापरिरहेका छन् अर्थात् मानव व्यवहारले नै जलवायु परिवर्तन हुँदै गएको हो ।

जलवायु परिवर्तन र गरिबीबिचको सम्बन्ध के हो ?
– जलवायु परिवर्तनले सबैभन्दा पहिले ति समुदायलाई असर गर्छ जो सँग त्यस विरुद्ध लड्ने क्षमता छैन । विशेषत गरिबसँग जलवायु परिवर्तनका कारण देखा परेका विद्यमान असरहरु विरुद्ध लड्ने क्षमता हुँदैन । ज्वरो बढ्दा ऊ सँग सिटामोल किन्ने क्षमता हुँदैन । गरिबहरु बस्ने प्रायः दुर्गममा हो । दुर्गममा औषधोपचारका लागि अस्पताल टाढा–टाढा हुन्छन् । अस्पताल भएपनि औषधी र स्वास्थ्यकर्मी हुँदैन । यसरी पनि असर गरेको छ गरिब समुदायलाई । अर्को कुरा अशिक्षाले गर्दा जलवायु परिवर्तन अनुकूलनका तौरतरिकाहरु पनि जानकारी नपाएको अवस्था छ । प्राप्त सूचना पनि त्यस्ता विकट स्थानमा पाउन गाह्रो छ । यसरी नै गरिब समुदाय बढि पिडित भएका छन् ।

मौषमी पूर्वानुमान अनुमानमा मात्रै सिमित भएको जनगुनासो छ नि ?
– विभिन्न सञ्चार माध्ययमबाट प्रकासित÷प्रसारित जल तथा मौषम सम्बन्धी तथ्यांक विभागले गर्ने मौषमी पूर्वानुमान हो । पूर्वानुमान आकासको वादल हेरेर गरिएको हल्ला सुनेका छौं । यथार्थ त्यसो नभई विज्ञान र प्रविधीका आधारमा मौषमको पूर्वानुमान गरिरहेका छौं । आजको प्रविधिको युगमा पनि किन विश्वासिलो पूर्वानुमान भएन भन्नेकुरा नेपालको मात्र होईन विश्वको समस्या हो । विकसित देशमा पनि मौषमी पूर्वानुमान सतप्रतिसत मिलेको छैन । तर पनि जल तथा मौषम विज्ञान विभागले गर्ने मौषमी पूर्वानुमान धेरै हदसम्म जानकारीमूलक र विश्वसनिय छ । यसलाई सर्वसाधारण र मिडियाहरुमा पनि बुझ्ने र आत्मसाथ गर्ने कुरामा कमि छ । त्यसका बाबजुद हाम्रा सेवालाई थप परिष्कृत गर्दै लगेका छौं ।

अन्त्यमा, जलवायु सचेतनाका सम्बन्धमा के भन्नुहुन्छ ?
– जलवायु परिवर्तनको धेरै असर खास गरि मध्य, सुदूर पश्चिमका पहाडी जिल्लामा परेको छ । यसका लागि त्यस क्षेत्रका मिडियाका साथीहरुले जलवायु परिवर्तन सम्बन्धी सचेतनाका खुराक बेला बेलामा पस्कीनुपर्दछ र सर्वसाधारणले पनि संभावित जोखिमका बारेमा जानकारी लिन आवश्यक छ । एउटै ठाउँमा बसेको मान्छेलाई सम्भावित जोखिमका बारेमा केहि ज्ञान हुन्छ । यस सम्बन्धमा मिडियाहरुले पनि सन्तुलित समाचार प्रवाह गर्न जरुरी छ । यसका लागि जल तथा मौषम विज्ञान विभाग सूचनाका सवालमा सहयोग गर्न तयार छ ।