हाम्रो भाषा र संस्कृति बाबुबाजेका नासो हुन्

कविराज कार्की, देउडा गायक तथा पत्रकार


– देउडा गीत गायन र सिर्जनातर्फ कसरी आकर्षित हुनुभयो ?
– मूलतः देउडा संस्कृति हाम्रो म”लसंस्कृति हो । तन्नेरी अवस्थामा गाउँले साथीभाइ र मैले शिक्षण गर्दाका सहकर्मीहरुको हौसलाले देउडा गाउन लोभ्यायो । त्यतिबेलाको स”चना र मनोरञ्जनको एक मात्र माध्यम रेडियो नेपालमा नन्दकृष्ण जोशीलगायत अग्रजका बज्ने देउडाभाकाले पनि म आकर्षित भएको थिएँ । आफूले गाएका गीत रेडियो नेपालमा बज्ने भएकाले झन् आकर्षण बढेको थियो ।
– तपाईं बहुप्रतिभाशाली व्यक्तित्वको रुपमा देखिनुभएको छ, आफ”लाई कुन रुपमा चिनाउनुहुन्छ ?
– म हिजो पनि कलाकार आज पनि कलाकार र भोलि पनि कलाकार हो तर हिजोआज पत्रकार भनेर बढी चिनिने भएकाले अरुभन्दा पत्रकार भन्न रुचाउँछु । मलाई देउडागायक÷सर्जक र पत्रकार बनाउने आधार शिक्षण पेशा भएकाले त्यसलाई पनि भुल्न सक्दिनँ । कलाकार, पत्रकार भएर इज्जत, प्रतिष्ठाबाहेक लगानी पनि उठेको छैन । पत्रकारितामार्फत दुर्गमवस्तीका सन्देम”लक खबर प्रवाह गरेको छु । आधुनिक संस्कृति भित्रिएको यो समयमा खस भाषा संस्कृतिको उत्थान, यससम्बन्धी रिपोर्टिङ गरेको छु । यसर्थ म अहिले पत्रकार भन्न रुचाउँछु ।
– अनि पत्रकारितातिर कसरी आकर्षित हुनुभयो ?
– शिक्षण पेसासँगसँगै फोटो खिच्नु मेरो शोख र व्यवसायजस्तै बन्यो । २०६० सालतिर काठमाडौंमा वृहत् फोटो प्रदर्शनी भयो । त्यो प्रदर्शनीमा मेरो फोटोहरु चर्चित भए । सबैजसो मिडियामा मेरो फोटोहोहरु प्रकाशित भए । फोटोपत्रकार संघले पनि दुर्गममा पत्रकारितागरेको भनेर स्वतःस्फूर्त परिचयपत्र दियो । अझै हौसला बढ्यो । २०६६ सालमामात्रै नेपाल टेलिभिजनमा आबद्ध भएको थिएँ ।
– देउडा गायनबाट पलायन हुनुभएको हो ?
– नयाँ संस्कृति भित्रिए, नयाँ प्रविधि भिभिए, मोबाइलमा नै गीत हेर्न र सुन्न मिल्ने भयो । देउडा कम सुन्न थालियो । अरुको संस्कृतिको नक्कल गर्ने चलन बढ्यो । रेडियो र टेलिभिजनमा पनि देउडागीत र भिडियो पनि प्रशारण सिर्जना प्रकाशन गरेर अवमुल्यन हुन्छ भने किन त्यो काम गर्नु भन्नेजस्तो भएको छ । तर यो संस्कृतिको जगेर्ना गर्न प्रतिबद्ध छु । कुनै कलाकार, पत्रकारभन्दा पनि मलाई आफ्नो ठाउँलाई कसरी चिनाउने भनेर लागेको हुँ । शुरुमा फोटो पत्रकारको परिचय बनाएँ,कर्णालीको संस्कृति, रीतिरिवाज र रमणीय भूगोललाई चिनाउने शोख थियो, यहाँका गरिब दलित र दबिएका कुरा बाहिर ल्याउने सजिलो माध्यम भएकाले पत्रकारिता रोजिएको हो । आम्दानी र कसैलाई धाक दिन पत्रकार बनेको होइन ।
– दुर्गम क्षेत्रमा शिक्षण पेसासँगसँगै व्यस्त समयमा कसरी पत्रकारिता गरिरहनुभएको छ ?
– बिदाका दिनबाहेक एक दिन पनि विद्यालयमा अनुपस्थित छैन । बिदाको दिन, विद्यालय समयभन्दा अघिपछि मैले यो कार्य गरिरहेको छु । मेरा साथीहरु कोही दिनभर तास खेलेर दिन काट्छन्, कोही गफ हाँकेर दिन बिताउँछन् तर मलाई त्यस्तो फुर्सद छैन । मेरो समाचार बनाउने भनेकै शनिबार र सार्वजनिक बिदाको दिन हो । जागिरको कारण अझै स्तरीय खबर, समाचार पनि सम्प्रेषण गर्न सकिरहेको छैन । तर समयको सदुपयोग गरेको छु । पाठक–स्रोता, आफन्त र समग्रकर्णालीवासी जो मलाई चिन्नुहुन्छ उहाँहरुको हौसलालले व्यवस्तताका बीच पनि पत्रकारिता गरिरहेको छु ।
– अगुवा देउडासंस्कृतिकर्मी, अभियन्ता भएको नाताले देउडा संस्कृतिको उत्थान र जगेर्ना गर्न के गर्नुपर्ला ?
– हरेक स्थानीय कार्यक्रममा समेत लोकदोहोरी, आधुनिक र पपगीत बजाउने र नाच्ने गरिन्छ, त्यसो नभएर देउडागीत गाउने र नाच्ने गरिनुपर्छ । हाम्रो पहिचान नै देउडा संस्कृति र खसभाषामा छ । यहाँका परम्परागत संस्कृतिहरु देउडा, रत्यौली, हुड्केनाच आदिको संरक्षण र प्राथमिकता हुनुपर्छ । अरुको नक्कल गर्ने चलन पनि सर्वत्र छ । यसले पनि विकृति थपेको छ । परम्परागत कलासंस्कृति, भेषभूषा, रीतिरिवाज भनेका हाम्रा बाबुबाजेका नासो हुन् । हामीले यिनीहरुको संरक्षण गरेनौं भने अरु कसैले गरिदिनेवाला छैनन् । नेपाली भाषा संस्कृतिहरु पनि यही थलो र संस्कृतिबाटै विकास भएका हुन् । अझ देउडा संस्कृति भनेको नितान्त मौलिक भएकै कारणले पनि यसको जगेर्ना जरुरी छ ।