यसरी मारिइन् जेब्रा क्रसिङमा, धरानकी रबीना

काठमाडौं – सुनसरीकी २३ वर्षीया रविना चौधरी वसुन्धरास्थित पञ्चाइन बोर्डिङमा पढाउन सोमबार बिहान नौ बजे सुकेधारास्थित घरबाट निस्किइन् । चक्रपथ चल्ने बस चढेर वसुन्धरामा ओर्लिइन् । चक्रपथबाहिर रहेको स्कुल जान जेब्रा क्रसिङबाट बाटो पार गर्न लाग्दा तीव्रगतिमा आएको यात्रुवाहक बसले उनलाई ठक्कर दियो । घटनास्थलमै उनको निधन भयो । डेढ महिनाअघि मात्र जागिर खान सुरु गरेकी रविनाको बसको लापरबाहीका कारण ज्यान गएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा पैदल यात्रुलाई यात्रा गर्न सिकाइरहेका बेला जेब्रा क्रसिङमै पैदलयात्रु मारिएपछि ट्राफिक प्रहरीलाई टाउको दुखाइ बनेको छ । ुनिकै दुःखद घटना भएको छ । हामीले यत्रो अभियान चलाइरहेका बेला जेब्रा क्रसिङमै पैदलयात्रु मारिनुमा सवारीसाधनको चरम लापरबाही देखिएको छ । यस घटनालाई हामीले निकै संवेदनशील रूपमा लिएका छौुं, ट्राफिक प्रहरी महाशाखा प्रमुख डीआईजी मिङमार लामाले भन्नुभयो । उहाँले काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी कार्यालयसँग घटनाका अपराधीलाई सख्त कारबाही गर्न अनुरोध गरेको बताउनुभयो । दोषी धरौटीमा समेत नछुट्ने उहाँको भनाइ छ।

वसुन्धरास्थित पञ्चाइन बोर्डिङमा पढाउन हिँडेकी २३ वर्षीया रविना चौधरीको सोमबार चक्रपथमा जेब्रा क्रसिङबाट बाटो काट्दै गर्दा गाडीको ठक्करले मृत्यु भएको छ ।
वीरगन्ज–काठमाडौं चल्ने ना. ४ख ४२६२ नम्बरको रात्रिकालीन यात्रुवाहक बसले रविनालाई ठक्कर दिएको हो । यात्रु लिएर आइतबार साँझ वीरगन्जबाट हिँडेको उक्त बस यात्रुलाई ओराल्दै गौशाला(चाबहिलको बाटो भएर बसपार्कमा ुबिसौनीु गर्न हिँडेको थियो । चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत रविनाले बीबीएस चौथो वर्षको परीक्षा दिएर जागिर सुरु गरेकी थिइन् । ुत्यहाँको म्याम विदेश गएको बेला बहिनी ९रविना० लाई दुई महिना पढाउन दिइएको थियो । पछि म्याम फर्किएपछि बहिनीले पढाउन छाडेकी थिइन् । बीबीएसको पढाइ सकेपछि उनलाई सोही स्कुलले बोलाएको थियोु, दाजु ईश्वरले भन्नुभयो, ुपढाउन बिहान सुकेधाराबाट बस चढेर हिँडेकी थिइन् । वसुन्धरामा ओर्लिएर बाटो काट्न खोज्दा गाडीले ठक्कर दिएछ ।

अविवाहित रविना चार छोरीमध्ये साहिली सन्तान् थिइन् । उनी बुबा–आमा, दाजु र दिदी–बहिनीसहित सुकेधारामा बस्दै आएकी थिइन् । आफन्तले शव बुझ्न मानेका छैनन् । मंगलबार यातायात व्यवसायी महासंघसँग छलफल गरेपछि मात्र शव बुझ्ने दाजु ईश्वरले बताउनुभयो । प्रहरीले बसचालक बारा निजगढका २५ वर्षीय विनय तामाङलाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख गोविन्द पुरीले बस तीव्र गतिमा रहेका कारण दुर्घटना भएको बताउनुभयो । चक्रपथको गौशाला–स्वयम्भू सडकखण्डमा पैदलयात्रु बढी दुर्घटनामा पर्ने गरेका छन् । यो खण्डमा चालकले तीव्रगतिमा सवारीसाधन गुडाउँछन्, बाटोको बनोट पनि त्यही किसिमको भएका कारण चालकले होसियारी अपनाउन नसक्दा दुर्घटना बढेको हो, डीएसपी पुरीले भन्नुभयो ।

सहमतिमा कानुनलाई कमजोर बनाइन्छ
सवारी ज्यानमुद्दामा घटनाको प्रकृतिअनुसार विभिन्न सजायको व्यवस्था छ । लापरबाहीपूर्वक चलाएर ज्यान गएको हो भने चालकलाई दुई वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । सावधानी अपनाउँदा अपनाउँदै ज्यान गएको हो भने एक वर्षसम्मको कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । यसैगरी, ज्यान मार्ने नियतले सवारी चलाएर ज्यान गएको हो भने चालकलाई जन्मकैदसम्म सजाय हुन्छ । तर पीडित पक्ष र यातायात व्यवसायीबीच हुने सहमतिले चालकलाई उन्मुक्ति दिइन्छ ।

धेरै घटनामा पीडकलाई जरिवाना मात्रै भएको देखिन्छ । सावधानी अपनाउँदा अपनाउँदै ज्यान गएको बनाएर सजाय कम गर्ने गरिन्छु, प्रहरीका एक अनुसन्धान अधिकृत भन्छन् । त्यसो त ज्यान गएको अवस्थामा पीडित पक्षले तेस्रो पक्ष बिमाबापत पाँच लाख रुपैयाँ पाउँछन् । ुपीडकले हदैसम्मको सजाय नपाएसम्म यस्ता घटना कम हुँदैनन्ु, ती अधिकृत भन्छन् ।

ट्राफिक महाशाखा प्रमुख लामाले पैदलयात्रु नभए पनि जेब्रा क्रसिङमा सवारी चालकले सवारी रोक्नुपर्ने बताउनुहुन्छ । ुजेब्रा क्रसिङ पैदल यात्रुको ठाउँ हो । त्यसैले जेब्रा क्रसिङ आउनुअघि चालकले सवारी रोक्नुपर्छु, उहाँले भन्नुभयो । ट्राफिक प्रहरी महाशाखाले पैदलयात्रुले जेब्रा क्रसिङ, सडक पेटी वा पेटी नभए सडकको छेउ, ओभरब्रिजलगायत ठाउँबाट मात्र पैदल यात्रा गर्नुपर्ने र त्यसो नगरे कारबाही हुने बताइरहेको छ।
ट्राफिक नियम पालना नगरेको भन्दै उपत्यकामा मात्र १६ हजार नौ सय ८६ जनालाई कारबाही गरिएको छ । काठमाडौंमा १३ हजार चार सय ५३, भक्तपुरमा १२ सय र ललितपुरमा २३ सय ३३ जना कारबाहीमा परेका हुन् ।

यी हुन् ब्ल्याक स्पट
ट्राफिक महाशाखाले उपत्यकामा बढी दुर्घटना हुने क्षेत्रलाई ुब्ल्याक स्पटु घोषणा गरेको छ । यो सूचीमा कालिमाटी(कलंकी खण्ड, महाराजगन्ज–बसुन्धरा खण्ड, चप्पल कारखानाअगाडि, गोपीकृष्ण(चाबहिल खण्ड, सुकेधारा–धुम्बाराही खण्ड, त्रिभुवन विमानस्थलको कार्गोअगाडि, तिलगंगाअगाडि, बाफल–हल्चोक खण्ड, बबरमहल–माइतीघर खण्ड, माछापोखरी क्षेत्र, गुर्जुधारा ओरालो, त्रिभुवन पार्कअगाडि, कोटेश्वर(मुनीभैरव क्षेत्र, गैरीगाउँ, ढुंगेअड्डा(नैकाप क्षेत्र, बौद्ध(जोरपाटी ओरालो, साँखुको नाङ्लेभारे–लप्सीफेदी खण्ड, बूढानीलकण्ठको चपली घुम्ती, धोबीघाट, हात्तीवन, सल्लाघारीको एसओएस जाने बाटो र मनोहरा पुल लोकन्थली क्षेत्र छन् ।