भारतिय राजदुतावास अगाडी विरोध प्रर्दशन

दार्जिलिङमा भइरहको आन्दोलनमा भारत सरकारले गरिरहेको बर्वर दमनका बिरुद्धमा चलचित्रका नायक तथा निर्माताहरुले भारतिय दुतावास, लैनचौर अगाडी प्रदर्शन गरेका छन् ।

विरोध प्रदर्शनमा सिमानामा काँढेतार अभियानका अभियन्ता नवल खड्का र ग्रेटर नेपालका अध्यक्ष फडिन्द्र नेपालले संयुक्त रुपमा रत्नपार्क देखि भारतिय राजदुतावास लैनचौर अगाढी सम्म बिरोध ¥याली निकालि एेक्यवद्धता जनाएका छन् । लैनचौरमा आन्दोलनकारी र प्रहरी बिच झडप हुँदा केहि समय तनाब ग्रस्त भएको थियो । भारतिय राजदुतावास लैनचौर अगाडी भएको कोणसभालाई सम्बोधन गर्दै खड्काले दार्जिलिङमा जन्मिएर आफ्नो भाषा, कला, संस्कृति, गित संगितको माध्ययमबाट महत्वपूर्ण योगदान पु¥याउनुहुने स्रस्टा, सर्जक स्व. गोपाल योञ्जनको गितको बाचन गर्दै सम्बोधन गर्नु भएको थियो । “बनेको छ पहराले यो छाति मेरो, बगेको छ छहरा रगतमा मेरो” “देशले रगत मागे मलाई बली चढाउ” “मेरो टोपी कैलाशको शिर जस्तो” “धेरै छ गर्न स्वदेशको सेवा नेपाली बन्नलाई” त्यस्तै अर्का स्रस्टा स्व. अम्बर गुरुङ (जसले नेपालको राष्ट्रिय गानको संगित गर्नुभएको थियो) “सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली” त्यस्तै स्व. अरुणा लामा लगायका स्रष्टाहरुलाई सम्झदै वहाँहरुले नेपाल र नेपालीहरुका लागि लगाएको गुणको उच्च सम्मान गर्दै आफ्ना भनाइहरु राखेका थिए ।

कार्यक्रममा बोल्दै नायक खड्काले १८१६ मा सुगौली सन्धीसँगै भुगोल बिभाजित हुँदा नेपालीहरुहरु बिभाजित हुन पुगे र दार्जिलिङमा भारतिय संविधान बमोजिम नै नेपालीभाषीहरुले अधिकार माग्दा भारत सरकारले किन दमन र हत्या गरिरहेको छ । यसमा हामी आपत्ति र घोर भत्सर्ना गर्दछौं भन्दै नायक खड्काले हाम्रो देशको आन्तरिक मामिलामा ठाडो हस्तक्षेप गर्दै नेपालको संविधान ठिक छैन भन्दै विश्वभर लविङ गर्ने, सिमानामा गोबिन्द गौतमहरुको हत्या गर्ने, डोटिमा राति २ बजे आएर भारतिय सेनाले नेपालीहरुलाई समात्ने, ६÷६ महिना सम्म नाकाबन्दी लगाउने, भुपरिबेष्ठित मुलुकले पाउने हक अधिकारबाट बञ्चित गर्ने, नेपालमा भएका अङ्गिकृत नागरिकहरुलाई सामान्य ज्वरो आउँदा बढो चासोको साथ नेपाल सरकार र भारत सरकारले शिरोधार्य गर्न, दुःख बुझ्न सक्ने सरकारले आफ्नो देशका नागरिकहरुले हक अधिकार माग्दा चाहिं ज्यान मार्ने, दमन गर्ने मोदि सरकारले भन्दै दार्जिलिङको आन्दोलनमा एेक्यवद्धता भएको बताए । साथै सिमानामा काँढेतारको विकल्प नभएको भन्दै सम्पूर्ण देश बिदेशमा रहेका नेपालीहरुलाई सिमानामा काँढेतार लगाउने अभियानमा जुट्न अपिल गरे ।

सोहि कार्यक्रममा बोल्दै ग्रेटर नेपालका अध्यक्ष फडिन्द्र नेपालले हाम्रो गुमेको भू–भाग फिर्ता पाउनु पर्ने र कानूनी रुपमा गुमेको भनेको भू–भाग नेपालको भई सकेको तर नेपालको नपुंसक सरकार भएका कारण नेपालको झण्डा फरफराउन नसकेको भन्दै एक दिन बिशाल नेपाल भएर छाड्ने दावी गरे ।