गजल/ कहिले देखुँ कहिले भेटिरहुँ …………..
के पुन मगर, घोराही दाङ

कहिले देखुँ कहिले भेटिरहुँ जस्तो लाग्ने ।
मुटुभित्र तिम्रै नाम लेखिरहुँ जस्तो लाग्ने ।।
तिम्रो हात समाएर फुलको डाली दिएर
तिम्रै दिलको बगानमा टेकिरहुँ जस्तो लाग्ने ।
आफ्नै अगाडि बसाली श्रृंगार पटार गरार्इ
नझिम्कार्इ आँखा सधैँ हेरिरहुँ जस्तो लाग्ने ।
भावनामा बहकेर तिम्रै काखी वरिपरि
हरपल यसरी नै खेलिरहुँ जस्तो लाग्ने ।
कतै नगइ सधैँ भरी अथाह माया गरी
तिम्रो मन भित्रभित्रै लेसीरहुँ जस्तो लाग्ने ।