छातिभित्र देशलाई बोकि…………..

छातिभित्र देशलाई बोकि हिँड्नुपर्छ ।
अन्याय र अत्याचार रोकि हिँड्नुपर्छ ।।
देशको रक्षा गर्न रगत बगाउनेलाई
नमस्कार अनि सलाम ठोकि हिँड्नुपर्छ ।
अमूल्य छ इतिहाँस नेपाल, नेपालीको
बिर्सिएला समयमै घोकि हिँड्नुपर्छ ।
सुन्दर, शान्त, समृद्ध बनाउन देशलाई
कस्ले गर्ने के–के काम, तोकि हिँड्नुपर्छ ।
नलोभिउँ बिदेशीको डिनर लन्चतिर
भोक मेट्न सुख्खा रोटी टोकि हिँड्नुपर्छ ।