गजल/गाउँले के देख्थो…..

प्रवाशी काजी, रावतकोट दैलेख

गाउँले के देख्थो जब घरकाले देखेनन् ।
कहिल्यै आमाको दुख बाले देखेनन् ।।

 

हामीले सँधैभरी मुर्ति देखेर पुज्याैं
हामीलाई मन्दिरका ढुंगाले देखेनन् ।

 

आँखामा पट्टी बाँधेर सफरमा पठाईयो
बाटोभरीका काँडा दुई खुट्टाले देखेनन् ।

 

मैले भनेको हैन यो इतिहासले भनेको हो
बृद्दाले भोगेको अभाव बच्चाले देखेनन् ।

 

भत्ता सरकारले दियो बृद्दाश्रम काम आयो
मेरो बुढेसकालको दुख छोराले देखेनन् ।

 

हाल बालासिनोर गुजरात भारत