गजल/शहरमा घर बनाउनु………

दिवश कुमार बानियाँ

शहरमा घर बनाउनु चुनाव जितेर ।
छोरो तस्कर बनाउनु चुनाव जितेर ।।

 

मिठो भाषण गर्नु, आँखा छारो हाल्नु
र मन पत्थर बनाउनु चुनाव जितेर ।

 

आफ्नो बढाइँ–चढाइँ आफै गर्नु
आफू अमर बनाउनु चुनाव जितेर ।

 

यहाँ कपट उत्पादन हुन्छ, विक्दैन
विक्ने शहर बनाउनु चुनाव जितेर ।

 

स्वदेश छोडि विदेश घुम्न जाने भए
देश मात्र कभर बनाउनु चुनाव जितेर ।