प्रचण्डपुत्र प्रकाश दाहालको निधन

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाश दाहालको आइतबार विहान ५ बजेर ३८ मिनेटमा निधन भएको छ ।

 

राति अस्पताल ल्याउँदा अचेत अवस्थाका प्रकाश दाहालको आकस्मिक उपचारका लागि थापाथलिस्थित नर्भिक अस्पतालमा भएको थियो । अस्पताल श्रोतका अनुसार दाहाललाई हृदयघात भएको थियाे ।

 

यद्यपी अस्पतालले आधिकारिक जानकारी दिन बाँकी रहेको छ ।

 

छोरा बिरामी परेपछि झापाको विर्तामोडमा रहेका दाहाल हेलिकोप्टरबाट काठमाडौं फर्केका छन् भने प्काश दाहालका धर्मपत्नि विना मगर कञ्चनपुरबाट र यस्तै चितवनबाट दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि अहिले नै काठमाडौं आइसकेका छन् । अन्य माओवादी नेताहरु पनि अस्पताल पुगेका छन् ।

 

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालका एक मात्र छोरा उनी दाहालको सचिवालयमा काम गर्दै आएका थिए । प्रकाशका श्रीमती र दुई बालबच्चा छन् ।