शिक्षा विकासको आधार हो ः घिमिरे

सिन्धुली । लामो समयदेखी शिक्षा क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था घाँसी आदर्श समाज नेपाल “घाँसी नेपाल”ले सिन्धुलीमा विद्यालय सिलान्यास गरेको छ ।

 

२०७२ साल बैशाख १२, २९ को महाभुकम्पबाट प्रभावित भएका विद्यालय भवनहरुको पुननिर्माण कार्यलाई अभियानकै रुपमा अगाडि सारेको छ । विद्यालय पुननिर्माणका शिलसिलामा “घाँसी नेपाल”ले अहिलेसम्म ६ वटा विद्यालय भवन पुननिर्माण गरिसकेको छ भने स्माईल स्वीडेन र समाजसेवी तथा शिक्षाविद् उमेश श्रेष्ठको सहयोगमा सिन्धुली जिल्लाको सुनकोशी गाउपालिका–३ कालीमाटीस्थित श्री विनायक निम्न माध्यमिक विद्यालय पुननिर्माण का लागि शिलान्यास कार्यक्रम गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी समाजसेवि उमेश श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै समाज विकासको लागी शिक्षा जुनसुकै मानिसको जीवन भएकोले यस क्षेत्रमा मन, बचन, कर्मले सहयोग गर्न आफु प्रतिबद्ध भएको र हरेक व्यक्ति शिक्षा क्षेत्रमा हेलचक्राइँ नगर्न अनुरोध गर्नुभयो । श्रेष्ठले भन्नुभयो ‘शिक्षाले नै हरेक मानिसको जीवन सार्र्थक बनाउन महत्वपूर्ण योगदान दिने भन्दै सबैको लागि शिक्षा महत्व उत्तिकै छ । त्यस्तै कार्यक्रमका विशेष अतिथी घाँसी नेपालका अध्यक्ष माधव प्रसाद घिमिरेले जबसम्म हामी शिक्षित हुँदैनौ तबसम्म देश विकास नहुने भएकाले सबैको लागि शिक्षा अनिवार्य छ । शिक्षा विकासको आधार हो ।’

कार्यक्रममा क्रेडिङ स्माइलका प्रतिनिधि लगाएत स्थानिय बासिन्दाहरुको बाक्लो उपस्थिति रहेको थियो ।