समाज सेवा मेरो जित्ने आधार ः पूर्व राज्यमन्त्री गिरी

नयाँ संविधान घोषणा पछिको पहिलो प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन २०७४ को संघारमा भएका बेला देशभर चुनावी सरगर्मी बढेको छ ।

दुई चरणमा हुने भनिएको यसपल्टको निर्वाचनमा पहिलो चरणमा हिमाली तथा उच्च पहाडि क्षेत्रमा पर्ने ३२ जिल्लामा यहि १० गते मतदान हुँदैछ र जनताले नयाँ तथा इच्क्षाएका जनप्रतिनिधी चुन्दैछन् ।

 

यसै क्रममा सुदूर पश्चिमको हिमाली जिल्ला बाजुरामा पनि बाम गठबन्धन र नेपाली कांग्रेसविच कडा चुनावी टक्कर देखिएको छ । यसविचमा प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन मार्फत चुनिने जनप्रतिनिधीहरुले विभिन्न खाले आश्वासन बाँड्न छाडेका छैनन् भने मतदाताहरुले विकासप्रेमी र बाजुरालाई माया गर्ने व्यक्ति जिताउने विचार व्यक्त गरेका छन् ।

 

मतदाताहरुका विभिन्न प्रतिक्रियाहरुका विच नेपाली कांग्रेसका प्रदेश सभा उम्मेदवार जनकराज गिरीले आफ्नो विजयको सुनिश्चित भएको बताएका छन् । एमाले उम्मेदवार भन्दा आफू अनुभवि, क्षमतावान र बाजुरा र बाजुरावासीको सेवामा साढे दुई दसक देखि तल्लिन भएको बताएका छन् ।

 

२०५६ सालको आम निर्वाचनमा बाजुराबाट निर्वाचित पूर्व राज्यमन्त्री गिरीले आफ्नो हरेक समय राजनितिमै वितेको छ आजिवन राजनितिमा विताउने र अब आफूले जितेर बाजुराको मुहार फेर्ने बताए । बाजुराको पूर्वाधार–सडक, कृषि, सिचाई, शिक्षा, स्वास्थ्य तथा सञ्चार क्षेत्रमा आफ्नो बराबरको योगदान बाजुरा जिल्लामा कसैको नरहेको बताए ।

 

बाजुरामा पर्तिस्पर्धी उम्मेदवार मात्र नभई उनकै दलका अन्य उम्मेदवार भन्दा पनि अब्बल रहेको मतदाताहरु बताउँछन् ।