निर्वाचन उत्साहपूर्ण ढंगले सम्पन्न

काठमाडाैं । भर्खरै सम्पन्न दोश्रो चरणको निर्वाचन देशभर उत्साहपूर्ण ढंगले सम्पन्न भएको छ । संविधान कार्यान्वयनको मुख्य कडीका रुपमा हेरिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ ।

 

मतदान सम्पन्न भएपछि निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त अयोधी प्रसाद यादवले केही स्थानमा छिटपुट घटना बाहेक ४५ जिल्ला निर्वाचन उल्लासपूर्ण रुपमा सम्मन्न भएको सबैलाई धन्यवाद दिएका छन् ।

 

आज सम्पन्न मतदानमा सग्रहमा ६७ प्रतिशत मतदान भएको आयोग प्राम्भिक अनुमान गरेको छ । दोस्रो चरणमा सबैभन्दा बढी गुल्मी जिल्लामा ७१ प्रतिशत मतदान भएको आयोगले जनाएको छ । सन्धीखर्कमा नगरपालिकाको नेटामा रहको क र ख मतदान केन्द्रको मतदान सथगित भएको बताउदै छिट्टै अर्को मतदानको अर्को मिति तय हुने प्रमुख आयुक्त यादवले बताए ।

 

प्रत्यक्ष र समानुपातिक गरि प्रतिनिधि सभाका २७५ सीट र ७ वटा प्रदेशका ५ सय ५० सीटका लागि दुई चरणमा निर्वाचन सम्पन्न भएको थियो । पहिलो चरणको निर्वाचन यही मंसिर १० गते ३२ वटा जिल्लाका ३७ वटा निर्वाचन क्षेत्र र दोश्रो चरणको निर्वाचन आज मंसिर २१ गते ४५ जिल्लाका १२८ निर्वाचन क्षेत्रका सम्पन्न भएको छ ।

 

दोश्रो चरणको निर्वाचनमा देशका केही निर्वाचन क्षेत्रमा छिटपुट हिंसाका घटना भएपनि निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ ।