कस्तो ह्याकर हाे लजारूस ग्रुुुप ?१३वटा खातामा ट्रान्सफर

 
 
 
 
 

काठमाडौं, २३ जेठ । बैंक ह्याक गरी लगिएको रकम विभिन्न मुलुकका १३ वटा बैंक खाताबाट रकम झिक्ने प्रयास गरिएको थियो ।

प्रहरीका अनुसार लन्डनको लोयड्स बैंकस्थित २३ वर्षीय इमिलियानो भिल्लाकसिओ र सोही बैंकमा रहेका २१ वर्षीय अलिक्जा मिकिलेविजको बैंक खातामा रकम ट्रान्सफर गरिएको थियो । 

त्यस्तै, जर्मनको कमर्ज बैंकस्थित ४४ वर्षीय निल डर्नेल कोच र सोही बैंकस्थित २७ वर्षीय मौरिस जुन फरेल अन्नाको बैंक खातामा पनि ह्याक गरिएको रकम ट्रान्सफर गरिएको थियो ।

चीनको बैंक अफ कम्युनिकेसनमा चिनियाँ कम्पनी ग्वान्जी जिङ्गुई इलेक्ट्रिक इन्जिनियरिङको बैंक खातामा पनि उक्त रकम ट्रान्सफर गरिएको थियो । त्यस्तै, हङकङको हङसुङ बैंकमा रहेको फेनजिङसिङ इन्डस्ट्रीको बैंक खातमा समेत उक्त रकम ट्रान्सफर गरिएको थियो ।

प्रहरीका अनुसार टर्कीको एके बैंक, जापानको बैंक अफ टोकियो मित्सुबिसीस्थित दुईवटा खाता, चीनको बैंक अफ इस्ट एसियास्थित दुईवटा खाता, अमेरिकाको बैंक अफ अमेरिका र अमेरिकाकै पिएनसी बैंक पिट्सबर्गमा पनि ह्याकरले उक्त रकम पु-याएका थिए ।

प्रहरीका अनुसार ‘लजारुस ग्रुप’ अन्तर्राष्ट्रिय ह्याकर समूह हो । यसलाई ‘हिडेन कोब्रा’ पनि भनिन्छ । यो ग्रुपले सन् ०१६ मा बंगलादेशको केन्द्रीय बैंक ह्याक गरी ८५ अर्ब १० करोड रुपैयाँ संसारका विभिन्न बैंकमा सफलतासाथ ट्रान्सफर गरेको थियो ।

त्यसमध्ये ८ अर्ब १० लाख रुपैयाँ भुक्तानी लिन ह्याकर ग्रुप सफल भएको थियो । सोही ग्रुपले इक्वेडरको बैंकको डेल अस्ट्रोबाट १ अर्ब २० करोड रुपैयाँ, भियतनामस्थित तेइफोङ बैंकबाट १० करोड रुपैयाँ र ताइवानस्थित इस्ट इन्टरनेसनल बैंकबाट ६ अर्ब रुपैयाँ लैजान सफल भएको थियो ।

ह्याक गरी बैंकलाई अर्बौँ रुपैयाँ क्षति पु-याउने ‘लजारुस ग्रुप’का कुनै पनि सदस्य अहिलेसम्म पक्राउ भने परेका छैनन् । उनीहरूको पहिचानसमेत हुन सकेको छैन।अाजकाे नयाँ पत्रिका दैनिकले समाचार छापेको छ।